युबराज बडुवाल – बाजुरा / ७३ औं प्रजातन्त्र दिवस जिल्लाकाे सदरमुकाम मार्तडीमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
शशस्त्र बल प्रहरि नेपाली सेना बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख बडिमालिका नगरपालिका जनप्रतिनिधि लगाएतकाे उपस्थितिमा फागुन ७ अर्थत आज बिहान र्यालि सहित बजार परिक्रमा गरीएकाे छ ।
विक्रम सं २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।





