युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा/ जिल्लाको बडीमालिका नगपालिका वडा नम्बर – ९ वडा कार्यालय नजिकै रहेको प्रकाश तिमिलसेनाको कोठामा आज दिउँसो १२ बजे तिर चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

११ बजे खाना पकाएर कोठा बन्द गरि आफु पसल तिर निस्केको दिउँसो  १ बजे खाना खान कोठामा पस्दा खाटमाथि बाकस फुटालेको फेला पारेको पिडित तिमिलसेनाले बताए । पिडित तिमिलसेनाकाे साेही काेठाकाे माथिल्लाे तलामा पसल समेत रहेकाे छ ।

बाकस भित्र रहेको नगद ४९ हजार रुपौँया चोरी भएको तिमिलसेनाले बताए ।  बजारमा चोरीका घटनाहरु दिन प्रतिदिन बढ्दै गएका हुदाँ यहाँका जनताले पनि असुरक्षाको महसुस गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले यस बारे थप  अनुसन्धान भईरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर