युनिकोड    राशिफल    एफएम रेडियाे                        

चितवन /पूर्वी चितवनको रत्ननगर नगरपालिका–७, बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुबेको अवस्थामा माझीहरुले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर