युबराज बडुवाल/बाजुरा _ जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी बालविवाह तथा छुवाछूतका घटना न्युन हुँदै गएका छन् ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका ४ नं. वडा गुदुखातीमा बालविवाह , घरेलु हिंसा , जातीय भेदभाव (विभेद) तथा छुवाछूतका घटनाहरू २ बर्ष अगाडिकाे तुलना न्युन हुदै गएको छ ।
पहिले जुनसुकै हिंसा हुँदा पनि घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनु परेको अवस्था रहेको थियोे र अहिले यस्ताे समस्या न्युन हुँदै गएको किशोरी समुह अध्यक्ष विमला धामीले बताएकी छन् ।
महिला बिकास मञ्च बाजुराद्वारा सञ्चालन गरिएको बालविवाह न्युनिकरण घरेलु हिंसा सम्बन्धिका जनचेतनामूलक कार्यक्रमले अहिले विगतको भन्दा कम हुदै गएको महिला बिकास मञ्च संयाेजक कृष्ण दानिले बताएकी छन् । अमानवीय र आपराधिक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न उदेश्यमा लागेको उनले बताइन् । विगतमा जातीय विभेद र छुवाछूतका घटनाबारे उजुरी र ज्ञापनपत्र प्राप्त हुने गरेका छन् । फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालमा दलित समुदायका व्यक्तिको मानमर्दन हुने गरी गालीगलौज गर्ने, मानसिक तनाव दिने एवं जातीय भेदभाव तथा छुवाछूतजन्य क्रियाकलापलाई बढावा दिने खालका कार्य हुने गरेको याे समाजमा अहिले न्युन हुदै गएको किशोरी समुह अध्यक्ष विमला धामीले बताएकि छन् ।
अध्यक्ष धामीले भनिन् विगत दुई बर्ष देखि यस् गाउँपालपकामा किशोरी हरूकाे सवालका बारेमा बाेल्दै आएकी छु अहिले दुई बर्ष अघिकाे तुलनामा बालविवाह गर्ने हरूकाे संख्या न्युन हुदै गएको छ । यसलाई शुन्य मा झार्ने उदेश्य का साथ आफु लागेको बताइन् । जिल्लामा सञ्चालित संस्था महिला बिकास मञ्च बाजुराले किशोरी हरूलाई आवश्यक पर्ने शैक्षिक सामाग्री , खेलकुद का सामाग्री र आर्थिक सहयोग गर्दै आएको छ । पटक पटक किशोरी हरूकाे समस्या लिएर यहाँको स्थानितह मा पुग्दा पनि कुनै वास्ता नगरेको बताइन् ।
“बिकास का पुर्वाधारहरू निर्माण गर्नु भन्दा बालविवाह राेक्नमा लाग्नुहाेस् किनकि जब सम्म बालविवाह राेकिदैन् तब सम्म देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकिदैन् र दक्ष जनशक्ति उत्पादन भएन भने दिगो बिकास” हुँदैन् अध्यक्ष धामीले बताएकी छन् ।





