पुर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ ।
आज दिउँसो पुर्व तर्फ जादैगरेको स.९प ८१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक शम्भुनाथ नगरपालिका-११ का २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको हो ।
मोेटरसाइकल अनियन्त्रित भइ सडको छेउमा लडेका उनी गम्भीर घाइते भएका थिए । चालक उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।





