युनिकोड    राशिफल    एफएम रेडियाे                        

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (आइतबार) बस्दै छ।

राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन  संयन्त्रको बैठक बस्न लागेको हो।

बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ। यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको  थियो।

जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी  र जसपा उपस्थित भएनन्।

आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदै छ।

सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर