युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा  / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको २०औं जिल्ला सभा तथा अधिवेशन सुरु भएको छ ।
मानवीय भाव भएकाहरुको संस्था नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको अधिवेशन सुरु भएको हो ।
शुक्रबारबाट सुरु भएको अधिवेशनबाट संस्थालाई मानवीय सेवामा निस्वार्थ रुपमा काम गर्ने सात जनालाई सम्मान गरिएको छ । शाखाले विपदका बेला मानवीय सेवा र उद्धारमा निस्वार्थ रुपमा खटिएका उक्त सात जनालाई प्रमाण पत्र दिएर सम्मान गरिएको हो ।
अधिवेशनमा दुई  उप शाखाले संस्थागत विकासमा टेवा पु¥याएपछि जिल्ला शाखा बाजुरालेउप शाखालाई सम्मान गरेको हो । संस्थागत विकासमा रुगिन र बाह्रविस उपशाखा  रहेका छन् ।
अधिवेशनको उद्घाटन समारोहमा आएका प्रमुख अतिथी र अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराका सभापति रमबहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानी रहेकी थिइन् ।
कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का,हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल,खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत,नेपाली काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल,नेकपा एमाले सचिव भरत थापा विशिष्ट अतिथी रहेका थिए ।
यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादी जिल्ला अध्यक्ष पुर रावत,प्रमुख जिल्ला अधिकार पुष्कर खड्का,नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दीलबहादुर बुढा,उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया,राष्ट्रिय भूमि आयोग बाजुराका अध्यक्ष जनक रोकाया विशिष्ट अतिथी रहेका थिए ।
रेडक्रस शाखा बाजुराका मन्त्री मेघराज जैशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य शाखाका उपाध्यक्ष दीपकबहादुर शाहले गरेका थिए ।
२० औं जिल्ला सभा तथा अधिवेशनमा  २१ उप शाखाका जिल्ला प्रतिनिधी सहभागी छन् । उद्घाटन समारोपछि आजै बन्द सत्र संचालन गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका मन्त्री मेघराज जैशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर