बाजुरा / जिल्ला अस्पताल बाजुरामा तीन बर्षपछि एमडीजीपी चिकित्सक आएका छन् । ३ वर्ष अघि डा. दुर्गा महर्जन सरुवा भएपछि हालै डा. प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका अस्पताल बाजुराका ब्यबस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए ।
एमडीजीपी चिकित्सक ल्याउन लामो प्रयासपछि देवकोटालाई स्वास्थ्य मन्त्रालयले बाजुरा सरुवा गरेको अस्पतालका अध्यक्ष कार्कीले बताए । देवकोटाले कम्तीमा १ बर्ष बाजुरामा बस्ने बताएका छन् ।
निक साइमन्स इन्स्टिच्युटले डा. देवकोटा बाजुरा बस्दासम्म केही सुविधा दिनेछ । जिल्ला अस्पताल बाजुरामा एमडीजीपी चिकित्सक आएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ ।
एमडीजीपी चिकित्सक नहुँदा सामान्य घाउको शल्यक्रिया गर्न पनि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेकामा अब अन्त्य हुने अस्पताल ब्यबस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले वताए ।





