युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं /लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा आज मतदान हुँदै छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज मतदान हुन लागेको हो ।

निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । निर्वाचन कार्यालयको अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

राष्ट्रिय सभा सदस्यका लागि तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले सत्ता गठबन्धनका उम्मेदवारलाई साथ दिएको छैन । उसले आफ्नै उम्मेदवार उठाएको छ ।

सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय पनि उम्मेदवार छन् ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर