काठमाडौं/ रवि लामिछानेले नागरिकता लिने तयारी गरेका छन्। उनले नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आइतबार कार्यालयमा आउने जानकारी आएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्।





