युनिकोड    राशिफल    एफएम रेडियाे                        

सुदूरपश्चिम प्रदेशमा शक्ति बाँडफाँड टुंग्गिएको छ । नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई साथ दिने भएसँगै शक्ति बाँडफाँड पनि टुंग्गिएको हो ।

भागबन्डा अनुसार नेकपा एमालेले मुख्यमन्त्री, माओवादी केन्द्रले सभामुख पाउने भएका छन् । उपसभामुख नागरिक उन्मुक्तिलाई दिने सहमति भएपनि पार्टीले त्यो स्वीकारेको छैन ।

नेकपा एमालेबाट संसदीय दलका नेता राजेन्द्रसिंह रावल भोली (बुधवार) मुख्यमन्त्रीको दाबी पेश गर्दैछन । कम्तीमा एमालेका १० सहित माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको साथ उनलाई हुनेछ ।

प्रदेश सरकारको सभामुख माओवादीको भागमा परेको संसदीय दलका नेता खगराज भट्टले बताए ।

‘सभामुख हाम्रो भागमा परेको छ कोलाई बनाउने भन्ने बारेमा पार्टी भित्र कुरा चलिरहेको छ तर यसमा मेरो कुनै दाबी छैन,’ उनले भने, ‘माओवादीका प्रदेशमा ११ जना सासँद् रहेका छन । जो सुँकै हुनसक्छ ।’

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस प्रतिपक्षमा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर