युनिकोड    राशिफल    एफएम रेडियाे                        

माघी नजिकिएसँगै कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघीको रौनक बढ्न थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन। यो पर्वका अवसरमा थारु बस्तीमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ।

गाउँगाउँमा रातभर आगो बाल्न दाउरा संकलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका महिला व्यस्त देखिएका हुन्। चामलको पिठोबाट ढिक्री पकाउने, अनदीको जाँड, रोटी, भातलगायत मिठामिठा परिकारको जोहो गर्ने काम सुरु भइसकेको छ।

नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन रहेको थारु गाउँका अगुवा बताउँछन्। माघीको रौनकमा खानपिन सँगसँगै आफ्नो वेषभूषामा नाचगान र संस्कृति झल्कने खालका प्रस्तुति समेत गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर