युवराज बडुवाल / बाजुरामा भुवा पर्वको आज दाेस्राे दिन रहेको छ ।
पहिलो दिन रातभर मुढा सल्काएर आगाे बालेपछि देउडा भारिखेल भाेस्साे जिउनापुरि खेल्ने रातभर आगाे बालेर रात कटाउने भाेली पल्ट दाेस्राे दिन बिहानै गाउँकाे सबै जना एउटै ठाउँमा भेला भएर सबैको स्वरमा स्वर मिलाएर भाेस्साे खेल्दै रमाउने चलन रहेको छ ।
आज बिहान भाेस्साे खेल्दै सबै रमाइलो गर्छन् अनि दिउँसो पल्ट फेरि सबै एउटै ठाउँमा जम्मा भएर बाजागाजाका साथ चाली खेन्ने चलन रहेको छ । अध्यारो भएपछि चालि बन्द गर्ने देउडा,भाेस्साे,भारि नाच ,जिउनापुरि र बिभिन्न संस्कृतिक कार्यक्रम मनाईन्छ ।
प्रत्येक वर्ष पौषे औंसीको अघिल्लो दिनदेखि सुरु हुने भुवा पर्व जिल्लाकाे सदरमुकाम मार्तडी, जुगाडा, पाण्डुसैन, बम्रतोला, कैलाशमाडौ,काेर्ध कुल्देवमाण्डौँ लगायत ठाउँमा यो पर्व विषेशरुपमा मनाइन्छ ।
याे पर्व ३ देखि ५ दिन सम्म मनाइन्छ । याे पर्वमा घरको जेठो छोरो जन्मेको एक वर्ष पुरा भएपछि छैट माग्ने चलन पनि बाजुरामा प्रचलित नै रहेको छ । छैट घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र भोज खुवाउने चलन यस पर्वको पनि गरिन्छ ।
यस पर्वलाई सुदूरपश्चिमका पहाडी जिल्लामा दशैँपछिको दोस्रो ठूलो पर्व मान्ने गरिन्छ । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनका रुपमा यो पर्व मनाउने चलन रहेकाे गाउँका ठुलाबडाकाे भनाई रहेको छ।
अन्तिम दिन यस पर्वमा हरिनु खेल्ने चलन पनि छ । स्थानीयबासीका अनुसार हरिनु भनेको मुकुट लगाई श्रृङगार गरी कसैलाई बाघ, चित्तल,खरायाे,कट्टा हाँग्या हरिण बनाई बाजागाजाका साथ घुमाउने र रमाइलो गर्ने चलन छ । अहिले केही स्थानमा याे पर्व बिस्तारै लाेक हुदै गएको देखिन्छ ।








