युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / सरकारले चार वटा महत्वपूर्ण नीतिहरु पास गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सामाजिक समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेका दुई वटा र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पेश गरेका दुई वटा गरी चार वटा नीति पास गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँड संयोजक रहेको उक्त समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति, २०७९/८९ र स्वास्थ्य क्षेत्रमा लैगिक समानता र सामाजिक समावेसीकरण रणनीति, २०७८ पास गरेको हो । राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने उल्लेख छ । यस्तै, स्वास्थ्य क्षेत्रमा लैगिक समानता र सामाजिक समावेसीकरण रणनीति, २०७८ पनि पास गरेको हो ।

उक्त रणनीतिमा स्वास्थ्यमा विपन्न वर्गको समान अधिकार स्थापित गर्ने कुरा अगाडि सारिएको छ । स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधेसी, दलित, पिछडिएको क्षेत्रमा बसोवास गर्ने व्यक्तिलाई स्वास्थ्यमा समान अधिकार दिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर