युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा वडा नम्बर ५ को डोगडी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेकाे छ ।

हिउँदमा नजिकै रहेकाे खाेलाले खासै केही असर गर्दैन । जब वर्षा लाग्छ अनि खोला पनि उर्लेर आउँछ, खोला उर्लेर आएपछि गाउँ नै जोखिममा पर्छ।” उहाँले साउन र भदौ महिनामा भएको अत्यधिक बर्सातका कारण जमिन कटान भएपछि अहिले डोगडीकै बस्ती जोखिममा रहेको बताउनु स्थानियले बताएकाे छन् ।

गाउँपालिकाको कार्यालय पनि डोगडी बस्तीमै रहेकाे छ। सोही बस्तीमा विभिन्न सरकारी तथा गैरसरकारी बैङ्क र वित्तीय संस्था छन्। छेडेदह गाउँपालिका–५ को यो डोगडी बस्तीमा झन्डै एक हजारभन्दा बढी घरपरिवार बसोबास गर्दै आएका छन्।

गाउँपालिकाकाे वडा नम्बर ५ र वडा नम्बर ४ मा रहेकाे गुइवना पनि उच्च जाेखीममा रहेकाे छ । बर्षातकाे समयमा यहाँकाे स्थानिय बासिलाइ बसाेवास आवत जावतमा पनि स्थानियले सास्ति खेप्दै आएका छन् ।

गाउँबस्ती बाढीपहिरोको जोखिममा भएपछि अब कता गएर घरबासको व्यवस्था गर्ने भन्ने यहाँका स्थानीयवासीलाई अहिले निकै चिन्ता परेको छ । छेडेदह गाउँपालिका–५ का वडाध्यक्ष जितबहादुर रावतका अनुसार सिउन गाड, भुजन गाड, सिदुरे गाड, चौलाह खोलाको बीचमा डोगडी बस्ती रहेको छ। पछिल्लो समय बाढीपहिरोका कारण यो बस्ती जोखिममा रहेको बताउनुभयो। २०७८ सालमा सिउन गाडको पाँच सय मिटर तटबन्धन गरिएको छ । यो वर्षको बाढीले त्यसलाई फेरि क्षति गरेपछि अहिले फेरि डोगडी बस्ती जोखिममा रहेको छ। वर्षाको बाढीपहिरोले डोगडी बस्तीको झन्डै १५० रोपनी जमिन बगाएको छ। जसका कारण यहाँका स्थानीयवासीलाई खेती गर्ने जमिनको अभाव भइरहेको अध्यक्ष रावतले बताउनुभयो।

डोगडी बस्ती पहिरोको जोखिममा रहेकाले त्यस बस्ती स्थानान्तरणका लागि जिल्ला विपत् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई प्रतिवेदन पठाएको छ तर बस्ती स्थानान्तरण गर्ने वा नगर्ने भन्नेबारेमा त्यसको कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

गत वर्षातकाे समयमा डाेगडी स्वास्थ्य चाैकी पनि पहिले पुरीएकाे थियाे स्वास्थ्य चाैकी नभएपछी नयाँ भवनवा सेवा दिदै आएकाे गाउँपालिका उपाध्यक्षले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर