डडेल्धुरा / डडेल्धुरामा लागु औषधसहित एक जना पक्राउपरेका छन्। लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) सहित डडेल्धुरामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय बिरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागु औषध (चरेश) रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।





