बाजुरा / बुढीगंगा नगरपालिका वडा नं. ६ कि ७२ वर्षिया वृद्ध महिलामाथि जवरजस्ती करणी गरिएको छ । बुधबार राति १० बजे सोही वडाका ४० वर्षिया विष्णु भारतीले ७२ वर्षिया वृद्ध महिला माथि जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
वृद्ध महिला विगत ३ बर्ष देखि प्यारालाईसिस सम्बन्धी बिरामी भई बोल्न नसक्ने, अशक्त रहेको र उनलाई रातिको मौका छोपेर भारतीले जवरजस्ती करण गरिरहेको अवस्थामा वृद्धा महिलाका श्रीमानले देखेपछि पीडक भारती नग्न अवस्थामा झ्याल बाट हाम फाली भाग्न खोज्दा शक्त घाईते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।





