युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासीहरूको समस्या चाँडै समाधान गरिने बताएका छन् ।

शनिबार बिहान काठमाडौँको आशा आवासीय विद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यहाँ सुकुम्वासीहरूको पनि समस्या देखिएको छ । अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ । आयोगको दिएको सुझावअनुसार हामीले तीव्रताका साथ सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’ उनले भने ।

काठमाडौँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिको लागि आफू सधैँ तयार रहेको बताए । ०७४ सालमा पनि सोही क्षेत्रबाटै निर्वाचित उनले भने, ‘एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन भइरहनु चानचुने कुरा होइन । मैले मेरो क्षेत्रमा धेरै कामहरू गरेको छु । अब गर्नुपर्ने कामहरूबारे मतदाताहरूले बोलाउनुस् र भन्नुस् । त्यो पनि गर्नेछौँ ।’

नेता सिंहले आफू पनि प्रधानमन्त्रीको दाबेदार नेता भएपनि प्रक्रिया भने ज्यादै जटिल रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर