बाजुरा : बुढीनन्दा नगरपालिका-४ को एक घरमा एक घरमा आगलागी भएको छ । सोही वडास्थित कुरुका वीरबहादुर रोकायाको घरमा बिहीबार बिहान ७ः३० बजे आगलागी भएको हो ।
घरमा स-साना छोरा छोरी मात्र भएको बेला आगलागी भएको पीडित रोकायाले बताएका छन् । उनका अनुसार आफूहरु काम गर्न बाहिर गएका थियौं, घरमा आगो कसरी लाग्यो थाहा भएको छैन् । आगलागीबाट मानवीय क्षति भने नभएको रोकायाले बताएका छन् ।
आगलागी हुँदा लत्ताकपडा, भाडाकुडा, अन्नपातसहित घरमा भएका सबै सामाग्री जलेर नष्ट भएको उनको भनाइ छ । अगलागीबाट लाखौंको क्षति भएको छ । आगलागिकोे अनुसन्धान र क्षतिको एकीन विवरण तयार पार्न प्रहरीको टोली घटनास्थल तर्फ गईरहेको वडा नं.४ का वडा अध्यक्ष जुल्फे रोकायाले जानकारी दिएका छन् ।





