बाजुरा: बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याकाे सरुवा भएकाे छ । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा गणेश प्रशाद पाैडेल आउने भएका छन ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीकाे रुपमा कार्यरत रहेका पाैडेललाई बाजुरा पठाएकाे छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाध्याले बाजुरेली जनताकाे सेवामा अन्य प्रजिअकाे भन्दा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका अधिकारीकाे रुपमा रहेका छन ।समग्र बाजुराकाे विकासमा उहाँको याेगदान अतुलनीय छ।
नागरिकता नपाएकाहरुलाई नागरिकता, बर्षाैदेखि राेकिएकाे भुकम्प सहित मनसुनजन्य विपदबाट पिडित परिवारको रकम निकासा,विपदमा परेकाको उद्धार तथा राहतमा पहल लगायतका महत्वपूर्ण कार्य उनले गरेका छन् ।प्रजिअ पाध्या २०८१ असाेज १३ मा हाजिर भएका थिए ।
बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडियाेहरुको सरुवा गरिएको हो ।





