युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।

१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरेका हौं,’ सलोनका बुबा शोभित बस्नेतले भने ।

विवाह समारोहमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए ।

सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर