युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा। बाजुरामा लागुऔषध र नगदसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका-६ फालासैनबाट बुढीगंगा-५ का २५ वर्षीय विनोद थापा पक्राउ परेका हुन् ।

उनलाई हिजो साँझ ४ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र नगद ३६ हजार २८० रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

थापाले लागुऔषध (खैरो हिरोइन)को कारोबार गर्ने गरेको भन्ने गोप्य सूचानाको आधारमा चेकजाँच गर्दा उक्त पदार्थ र नगद सहित फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर