युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुराः बाजुरा जिल्लाको उतर पुर्वी क्षेत्रको बुढीनन्दा नगरपालिका वडा नं.७ कारकेला ढाड नाैलामा रहेको एनटिसिको  4G  रिपिटर टावरमा हिजो  १३ गते राती अज्ञात  समूह द्वारा पुर्ण रुपमा क्षति भएको बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिनुभयो ।

उहाँले यो घटनाअत्यन्तै दुख लाग्दो रहेको बताउनुभएको छ  । करिव डेड बर्षकाे अथक प्रयास पछि बनेकाे टावरमा क्षति पुर्याउने जुनसुकै अपराधीहरुलाई कानुन सम्बत कार्वाही हुने चेतावनी दिनुभयो ।आफु विभिन्न  संरचना बनाउदै गईरहेको र अरु भत्काउदै जाने विगार्दै जाने गर्दा आफुलाई अफ्ट्यारो परिस्थितिमा पार्ने गरेको बताउनुभयो ।

उहाले भन्नुभयो यदि म प्रति कसैकाे आक्राेस हाे भने मेराे घर भत्काईयाेस फरक पर्दैन तर सार्बजनिक सम्पत्तिको दुरुपयोग हानी नोक्सानी नगर्न हुने बताउनुभयो । यसरी  जनतालाई प्राप्त सुविधा खाेस्ने अधिकार कसैलाई नभएको र  यसमा सबैकाे ध्यान जान पनि जरुरी रहेको बताउनुभयो  छ। अज्ञात समुह को खोजीकार्य भइरहेको इलाका प्रहरी कोल्टि कार्यालय प्रमुख केशव खड्का ले जानकारी दिनुभएको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर