युवराज बडुवाल /अनेरास्ववियुद्धारा चाैथाे दिन पनि बाजुरा जिल्ला बन्द बनेकाे छ। अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले चाैथाे दिन पनि बन्द जारी राखेको हो। जिल्ला सदरमुकाम मार्तडी, कोल्टी, फालसैन लगायतका बजार बन्द रहेका छन् ।
अनेरास्ववियू बाजुराले हत्यामा संलग्न ब्यक्तीलाई पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी राख्ने समेत जनाएको छ । अयडि हत्यामा सलग्न भएकाे भन्दै २२ जना बिरुद्ध किटानी जाहेरी समेत दिएकाे अहिले सम्म यहाँकाे प्रशासन र जिल्ला प्रहरि कार्यालय मन्द बसि कुनै पनि व्यक्तिलाइ पक्राउ नगरकाे बताएकाे छ । अपराधीलाई कानुनी दायरामा नल्याउनजेल बन्द गर्ने अनेरास्वियु बाजुराले जनाएकाे छ ।
जिल्लाका सरकारी तथा गैरसरकारी संस्था, उद्योग कलकारखाना, शैक्षिक सस्था र व्यापार, व्यावसाय पूर्ण रुपमा बन्द गरिएको हो। अनेरास्ववियु बाजुराले हत्यामा संलग्नलाई पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी रहने बताएको छ।





