बाजुरा – जिल्ला सदरमुकाम मार्तडीमा रहेको दुर्गाभञ्जन गुल्मले सोमबार विपद पतिकार्य अभ्यासको प्रदर्शनी गरेको छ ।
विपद आएका बेला गर्ने अपनाउनुपर्ने उपाय र समाधानका विषयमा जानकारी गराउने उद्देश्यले विपद प्रतिकार्य अभ्यास(डेमो) प्रदशृन गरिएको दुर्गा भञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताएका छन् ।
गुल्ममा रहेका नेपाली सेनाका जवानहरुले बाढी,पहिरो,आगलागी लगायतका घटना भएका बेला गर्नै पुर्व तयारी र विपदको जोखिमलाई न्युनिकरण गर्दै उद्धारका लागि आवश्इक तयारीका विषयमा जानकारी गराइएको हो ।
जिल्लामा पछिल्लो समय आगलागीका घटना भइरहेकाले आगलागी भएको बेला निभाउने तरिका र बाढी र पहिरोबाट प्रभावितको उद्धार गर्ने तरिकाको अभ्यासको पदर्शनी गरिएको गुल्मपति सेनानी सिंहले जानकारी दिएका छन् ।
मार्तडीको थापाथली व्यारेकमा गुल्मले उक्त प्रदर्शनी गरेको हो । प्रदर्शनमा घरमा खाना पकाउदा दाउरा ग्याँसबाट खाना पकाउदा हुने आगलागी नियन्त्रण र विद्युतको तार सट भई आगलागी हुने नियन्त्रणर उद्धारका चाहिने आवश्यक समन्वय र तयारीको विषयमा प्रदर्शन गरिएको हो ।
विपद प्रतिकार्य अभ्यास प्रदर्शनी(डेमो) कार्यक्रममा जिल्ला अदालत बाजुरामा न्यायधिश लालकाजी श्रेष्ठले विपदको पुर्व तयारी सबैले गर्न आवश्यक रहेको बताए ।
उनले विपद सूचना दिइ नहुने भएकाले यस्ता विपदको आउन नदिन सजकता अपानाउन आग्रह गरेका छन् । विपदमा उद्धार र राहतको कार्यलाई पहिलो प्राथमिकता राखेर तीनै तहले कार्य योजना बनाउन आवश्यक रहेको न्यायधिश श्रेष्ठले बताएका छन् ।
कार्यक्रममा बडीमालिका नगरपालिकाकी उप प्रमुख नन्दा कुमारी थापाले विपद प्रतिकार्यको अभ्यासका लागि पालिकाको वडास्तरमा जनचेतना फैलाउने गरी प्रदर्शनी गर्न आग्रह गरेकी छन् ।
उनले नगरपालिका सधैं सहकार्य र समन्वय गर्दै जाने तयार रहेकाले विपदका घटना न्युनिकरण गर्न नागरिकलाई सचेत गराउने जरुरी रहेको बताईन् ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी राम कुमार तिमल्सिना लगायत सहभागी थिए । गुल्मका गुल्मपति सेनानी धर्मेन्द्र बहादुर सिंहले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम उप सेनानी नेहाल चन्दले गरेका थिए ।





