बाजुरा – महिला विकास मञ्च बाजुराले खप्तड छेडेदह गाउँपालिकामा अवस्थित सुन्दर पर्यटकीय क्षेत्र छेडेदह तालको आगनमा गत सोमबार किशोरी संग खुला अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो।
उक्त खुला अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भरीका करिब ७२ जना बढी किशोरीहरुलाई सहभागी गराइएको थियो । उक्त खुला अन्तरक्रिया कार्यक्रममा समग्रमा किशोरी सशक्तीकरणका बिषयमा दिनभर कुराकानी गरिएको हो । महिला विकास मञ्च बाजुराकी कार्यक्रम निर्देशक उजा बिष्टले खुला अन्तरक्रिया कार्यक्रममा सहभागी किशोरी संग अन्तरक्रिया कार्यक्रममा किशोरी सशक्तीकरणका बिषयमा प्रशिक्षण दिनुभएको थियो । महिला विकास मञ्च बाजुराको आर्थिक सहयोगमा र गाउँपालिकाका प्रत्येक वडाको समन्वयमा एक वडामा ४ वटा किशोरी समुहलाई उज्ज्वल भबिस्य छनोटका लागि कक्षा सञ्चालन भैरहेका छन् ।
उक्त किशोरी समुहहरुमा एक जना किशोरी सहजकर्ताले अन्य २० जना किशोरीलाई पढाउदै आएका छन् । एक वडाका ८० जना किशोरीहरुले यो कक्षा पढिरहेका छन् । खुला अन्तरक्रिया कार्यक्रममा किशोरीहरुका सिकाई आदानप्रदान गरिएकि थियो । यो कक्षा पढिसकेपछी के के कुराको जानकारी किशोरीहरुले पाए रु के परिवर्तन भयो ? समुदायमा कस्तो प्रभाव पर्यो रु कार्यक्रम सञ्चालनको प्रमुख उदेश्य बालबिवाह न्यूनीकरणमा कसरी सहयोग पुगेको छ रु बालबिवाहको दर कस्तो छ ? अन्य के के कुरा सिक्नुभयो लगायतका बिषयमा कक्षा सञ्चालन गर्ने किशोरी सहजकर्ता र कक्षा पढ्ने सहभागी किशोरीहरु संग कार्यक्रम निर्देशक उजा बिष्टले अन्तरक्रिया गर्नुभएको थियो ।
किशोरीहरुले आफ्ना सिकाई अनुभव र आफुम आएको सकारात्मक परिवर्तन, समुदायमा परेको प्रभावका बारेमा कार्यक्रम निर्देशकलाई अन्तरक्रिया कार्यक्रमका बीच जानकारी गराएकी छन् ।बालबिवाह, छाउपडी पर्था, जातिय विभेद, किशोरी सशक्तीकरण, घरेलु हिंसा लैङ्गिक हिंसा लगायतका सामाजिक कुरुती र कुसंस्कारका असर र यसबाट सुरक्षीत हुने उपायहरु, र आफुमाथि समस्या आइपरेमा त्यसको कानुनी उपचार कसरी कहाँ खोज्ने बिषयमा पनि पर्शिक्षण गर्नुभएको हो ।
परियोजना लागू भएपछि किशोरीहरुमा के के परिवर्तन भयो त ?
सोही अन्तरक्रिया कार्यक्रममा सहभागी हुनका लागी खप्तड छेडेदह गाउँपालिका १ की सुस्मिता सिंह महिला विकास मञ्च बाजुराले छेडेदह तालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन काँडाबाट झण्डै चार घन्टा बढीको सवार यात्रा गरेर त्यहाँ पुगीन् । पैदल यात्रा गरेर त्यहाँ पुग्न त झन् कठिन छ । सिंह सहितका उनका दर्जनौं साथिहरु त्यहाँ पुगेका थिए । केही सिक्ने, आफु जस्तै अरुलाई पनि सिकाउने र समाजलाई समेत सचेत गराउने उदेश्य सहितको हुटहुटीले उनिहरुमा थकित भन्दा बढी उत्साहित देखिन्थे ।
आफ्नो सोच परिवर्तन गर्ने, क्षेमता विकास गर्ने, नयाँ कुरा सिक्ने अनि परिवारको सोच बदल्ने मात्रै नभैई समग्रमा समाज बदल्ने मनस्थितिले उनीहरुको सक्रियता र सहभागीता रहर लाग्दो मात्रै थिएन अरुले सिक्न लायक पनि थियो । घरबाटै बिहानै हिडेका उनीहरुले केही कुरा सिकेर फर्किनु पर्ने थियो । सिंह भन्छिन् “यो कक्षा पढिसकेपछि पहिलो कुरा त मैले आफुले आफुलाई चिनाउन सके, म को हु, मैले के गर्नुपर्छ, मेरो भबिस्य मैले नै बनाउनुपर्छ” “त्यसका लागि आजैबाट सुरुवात गर्नुपर्छ भन्ने कुरा थाहा पाँए, यतिमात्र होईन यो भित्र हाम्रो सामजको यथार्थता पनि राम्ररी पढ्न पायौं, धेरै कुरा सिकाएको छ, हामीले आफू कसरी आत्मनिर्भर बन्न सक्छौं भन्ने कुराको बोध गराएको छ सिंहले थपिन्”
खप्तड छेडेदह गाउँपालिका ७ की कविता नेपालीलाई सुरुमा धेरै मान्छेको अगाडि उभिएर आफ्नो खुलेर परिचय दिन समेत डर लाग्थ्यो । अहिले परिचय मात्रै होईन आफ्ना समस्या पनि खुलेर भन्न सक्छन् । सुरुमा खुलेर परिचय दिन सक्ने क्षेमता विकास गरेकी नेपाली सुनाउन्न्छिन् “यो मेरो क्षेमता विकास गर्ने यहीँ ९न्ष्चकि ँष्चकत ँगलम ०९ न्ँँ० परियोजना हो । जब म उज्ज्वल भविष्यको छनोट भन्ने किशोरी कक्षामा सहभागी भए, परिचय दिन सक्ने मात्रै भएन, म माथी हुने बिभेद, हिंसा, सामाजिक कुरुती र कुसंस्कारका बिषयमा जानकारी लिन पाँए,”
“महिनावारी स्वच्छता तथा व्यवस्थापन सम्बन्धि थाहा पाँए, पहिला हामिलाई प्याड कसरी प्रयोग गर्ने भन्ने बिषयमा थाहा थिएन, त्यो बारे जानकारी लियौ, बालबिवाहा, छाउपडी पर्था, लिङ्ग र लैङ्गिक्ता, लैङ्गिक आसमानता, जातिय बिभेद, घरेली हिंसा, बाल अधिकार, लगायतका सामाजिमस्याका बिषयमा जानकारी पायौं । यी सामाजिक हानिकारक अभ्यास पछिका असर के के हुन् यो बाट कसरी सुरक्षीत हुने रु यसको कानुनी उपचार के हुन्छ रु न्याय कसरी माग्ने भन्ने बिषयमा पनि जानकारी लिने अवसर पायौं, स्कुलमा सामान्य जानकारी यसका बिषयमा पाएपनी यो कक्षामा हामीले धेरै कुरा जान्ने अवसर पायौं अवसरका लागि यो सस्थालाई हृदय देखि आभार व्यक्त गर्न चाहान्छु उनले थपिन् ”
सोही गाउँपालिका ३ की कल्पना धामी उज्ज्वल भविष्यको छनोट कक्षा पढाउने किशोरी सहजकर्ता हुन् । उनी अहिले २० जना किशोरीहरुलाई पढाइरहेकी छन् । यो कक्षा पढाउने र पढ्नेहरुका लागि मात्रै नभैई समग्रमा समुदायको हितका लागी भएको उनले बताइन् । यो कक्षा सञ्चालन पछि समुदाय स्तरमा समेत सकारात्मक प्रभाव परेको उनको भनाई छ । उनले भनिन् “पहिलो कुरा त म आफुमा आफै परिवर्तन भए, मैले जति जाने त्यो कुरा मेरो किशोरी समुहमा पढ्नेहरुलाई सिकाईरहेकी छु, उहाँहरुले गाउँका अरु किशोरीहरुलाई सिकाईरहनु भएको छ, हामी घरमा पनि सिकेका कुरा भन्छौं, हामी आफू सिकेर समाजलाई पनि सचेत गराउने अभियानमा छौँ”
“पहिला भन्दा अहिले बालबिवाह, छाउपडी पर्था, जातीय विभेद, घरेलु हिंसा लगायतका हानिकारक अभ्यासहरु कम छन्, एकैचोटी शुन्यमा हुने भन्ने कुरा त सम्भव छैन, धेरै कुरा कम भैसकेको छ, पहिलो कुरा त हामी आफ्नो असल परिचय कसरी दिने भन्ने कुरामा सक्षम भएका छौँ,कुनै पनि व्यक्तिको नाम मात्रै उसको परिचय होइन उसको व्यक्तित्व उसको परिचत हो, हाम्रो असल कार्यले,असल व्यवाहारले, अनि अदभूत क्षमताले हाम्रो परिचय दिन सक्नुपर्छ भन्ने कुरा आफुले पनि सिक्यौ र अरुलाई पनि सिकायौ” उनले थपिन्
यी त प्रतिनिधि पात्र मात्रै हुन् यसरी सिक्ने र सिकाउने क्रम प्रत्येक वडामा जारी छ । छुट्टाछुट्टै समुहमा एकै उदेश्य बोकेर कक्षा सञ्चालन भैरहेका छन् । जसको कारण त्यहाँको समुदाय स्तरको जनचेतना अभिवृद्धिमा सहयोग पुगेको छ । खप्तड छेडेदह गाउँपालिकाको सामाजिक रुपान्तरणमा महिला विकास मञ्च बाजुराले महत्त्वपूर्ण योगदान पुर्याएको छ । यो परियोजना लागु भैसकेपछि त्यहाँका किशोरीहरुको क्षेमतामा अभिवृद्धि हुनुका साथै नेतृत्व गर्न सक्ने क्षेमताको समेत विकास भएको यस अघि किशोरी समुहमा काम गरेरे लामो अनुभव बटुलीसकेकी मनिशा बिष्टले बताइन् । उनी अहिले महिला विकास मञ्च बाजुराको कार्यसमिति सदस्यमा समेत मनोनीत भएकी छन् ।
सरुमा आफ्नो परिचय समेत दिन डराउने त्यहाँका किशोरीहरु अहिले आफू माथी हुने समस्यका बिषयमा खुलेरै राख्न सक्ने भएका छन् । समुदाय पर्ति थप जवाफदेही बनाएको पनि उनीहरुको भनाई छ । किशोरी कक्षा पढिसकेपछी आफुहरुमा उल्लेख्य परिवर्तन भएको र समुदाय स्तरमा समेत आफुहरुले सिकेका कुराहरूको सिकाउदै सचेतता निरन्तर फैलाईरहेको किशोरी सहजकर्ता वडा न । २ की धनशरा शाहीले बताइन्। आफू र आफु संगैका किशोरीहरु मात्रै नभैई परिवार र समुदायमा पनि यो कक्षा पढिसकेपश्चात् सकारात्मक परिवर्तन भएको सहजकर्ता शाहीको भनाई छ ।
“हिजो आफ्नो परिचय समेत दिन हिच्किचाउने त्यहाँका किशोरीहरु अहिले सिङ्गो समाजको नेतृत्व गर्न सक्ने भएका छन्, अहिले प्रदेश स्तरको नेतृत्व त्यहाँका किशोरीहरु गर्न सक्ने हैसियत राख्छन्, प्रदेश स्तरीय किशोरी सञ्जालमा समेत एक जना किशोरी धनशरा शाही आबद्ध भएर काम गरिरहेकी छन्, यो मात्रै उपलब्धि छैन, अन्य थुप्रै उपलब्धि त्यहाँका किशोर किशोरीहरु बालबिवाह लगायतका आफु माथी हुने समस्या बिरुद्ध लड्न सक्ने, बोल्न सक्ने,समाजमा कुनै पनि किसिमको अन्याय अत्याचार बालबालिका माथि होस की अन्य समुदायका कुनैपनी व्यक्ति माथी हुँदा खुलेर आवाज उठाउन सक्छन् यसलाई नै हामीले उपलब्धिका रुपमा लिएका छौँ” कार्यक्रम निर्देशक उजा बिष्टले सुनाइन् ।
जिल्लाका ९ वटै स्थानीय तह मध्य सबैभन्दा धेरै बालबिवाह हुने स्थानीय तह हो, अहिले बालबिवाहको दर निरन्तर घट्दो क्रममा छ, पहिलाको भन्दा धेरै कम भैसकेको छ,कार्यक्रम निर्देशक उजा बिष्टले थपिन्
विगत पाँच वर्ष देखि खप्तड छेडेदह गाउँपालिकामा लागु महिला विकास मञ्च बाजुरा द्वारा संचालित ९न्ँँ० ९न्ष्चबिक, ँचष्कत ँगलम ० परियोजनाले बालविवाह न्यूनीकरण, छाउपडी पर्था, जातीय विभेद, लगायतका सामाजिक कुसंस्कारहरुको अन्त्य गर्नका लागि मात्रै नभैई किशोरीहरुको सशक्तीकरणका लागि पनि महिला तथा बालबालिका संग सम्बन्धित रहेर काम गरिरहेको कार्यक्रम निर्देशक उजा बिष्टले बताइन् । कार्यक्रमको उदेश्य नै आजका बालबालिका भोलिका राष्ट्रका कर्णदार भएकाले बालबालिकाको भविष्य राम्रो बनाउन सकेमा मात्रै भोलिको समाज आफै राम्रो बन्ने हुँदा बालबालिकामा विशेष लगानी परियोजनाले गर्दै आएको उनको भनाई छ ।
यतिमात्र होईन बिपतजन्य समयमा बालबालिकाहरुलाई उद्धार र राहतका कार्यक्रम समेत सञ्चालन गर्दै आएको र हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई आवस्यक परामर्श र सहयोग गर्दै आएको परियोजना निर्देशक कृष्ण दानीले बताउनुभयो । समग्रमा यो परियोजनाले छेडेदह गाउँपालिकामा अभिभावकीय भुमिका निर्वाह गर्दै आएको गाउँपालिक स्तरीय बाल क्लबका अध्यक्ष सनम सुनारले बताउनुभयो । किशोर किशोरीहरुको क्षेमता अभिवृद्धि गरि नेतृत्व सिपको विकास गर्नुका साथै सामाजिक कुसंस्कारका विरुद्ध आवाज बुलन्द गर्ने क्षेमताको विकास गरेको उहाँको भनाई छ ।
किनारा न्यूजबाट साभार





