बाजुरा : थापाले यो गीत अहिलेसम्म गाएका गीतहरु मध्यकै आसलाग्दो रहेको बताएका छन् । दर्शकहरुले पनि अत्याधिक रुचाउँछन् भन्ने अपेक्षामा आफू रहेको गायक थापाको भनाई छ । निकै ठुलो मिहिनेतका साथ यो गीतको शब्द रचना गरेकाले यसअघिका गीतहरु भन्दा यो गीत उत्कृष्ट बन्ने अपेक्षा लिएको गीतकार तथा साहित्यका राजेन्द्र शाह बि. पीले बताएका छन् । आफुलाई नै सबभन्दा उत्कृष्ट लागेको थापाको यो गीतको छायाङकन भब्यताका साथ गरिएको छ । थापाको यो गीत संगै उनको अर्को देउडा गीत पनि छायांकन गरिएको छ ।
सनिबार दुई वटा थापाको र दुई वटा अर्को देउडा गीतहरूको पनि छायाङकन गरिएको बताइएको छ । गायक थापाको तारा मदुराई छन्, भर्दुनी सुकाईजा नामक देउडा गीत र भर्दुनी सुकाईजा बोलको गीत हुन् । तारा मदुराई छन् बोलको गायक थापाको गीतमा आवाजमा देबी घर्ती र थापाको आफ्नै रहेको छ । यस्तै उनको अर्को भर्दुनी सुकाईजा बोलको गीतमा शान्तीश्री परिवारले आवाजमा थापालाई साथ दिएकी छन् । यस्तै प्रेम नेपालीको गीरी खेल्न्याँ गणा, र लोकेश सुनारको खप्तड छेड्या दय बोलको गीतको छायाङकन गरिएको हो । गीतको छायाङकन बडीमालिका नगरपालिका ८ मार्तडीको बडीमालिका मन्दिरमा गरिएको थियो ।
गीतको छायाङकनमा सहभागीहरु सबैले नेपाली पोषाक लगाएका थिए । बाजुराको सँसकृित झल्किने गरि गीतहरूको छयाङकन गरिएको छ । बाजुराको मौलिक पहिचानलाई गीतको छायाङकन मार्फत देखाउन खोजिएको छ । सोही अनुसारको दृश्य छायाङकन गरिएको हो । सुदुरपश्चिम् वासिको मन मुटुका ढुकढुकी हुन् थापा ः सुदुरपश्चिमको देउडा गितका राजा भनेर चिनिने थापा सुदुरको सान बाजुराको पहिचान हुन् । गायक थापा सबैको लोकप्रिय देउडा गायक हुन् ।ठाडी भाका संगै देउडा भाका गाउने थापा सुदुरपश्चिम् वासिको मन मुटुका ढुकढुकी हुन् । थापाले गायका गितहरु नसुन्ने बिरलै होलान् । विशेष गरेर बुढापाखा देउडा पारखीहरुका रोजाइका गायक पनि हुन् । विशेष गरि उनले सुनाएका ठाडी भाका गीतहरू सुन्ने मात्र हो भने पनि जोकोहिको आखा रसाउन्छ ।
२०५७ सालबाट सुदुरपश्चिम् बिकटै भएनी सम्झना छ मै मरी गएनी नामक देउडा गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थापाले आफ्नो दुई दशक भन्दा लामो सांगीतिक यात्रामा करिब ७०० गीतहरुमा आवाज दिसकेका छन् । मान्छेको परानी करकली पातको पानी, आगो सल्किगयो, गंगीका किनार, पहेंली धानका बाला शिबरात्री मेला, बासनपुरी धान, सेती महाकाली लगायतका थुप्रै गीतहरु गाएर तत्कालीन समयमा चर्चा बटुलेका थापा हाल सम्म पनि उत्तिकै चर्चा कमाउन सफल छन् ।
पेशाले शिक्षक समेत रहेका थापाको गीत संगीत क्षेत्र प्रतिको लगाव पनि कहिले कम भएन । बरु आफ्नो सांगीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेका थापाका पछिल्लो समयमा बिरशपती यारा, बाजुरा बैकुण्ठ रैछ, रुन्या मन बुझाई जा, लगायतका गितहरु चर्चामा छन् । थुप्रै नयाँ गीतहरू बजारमा सार्वजनिक हुने तयारी छ। केही दिन अगाडि मात्र बजारमा सार्वजनिक भएको रेल गाडी लेट भया नामक देउडा गीत पनि यतिबेला सबैको रोजाईमा परेको गीत सर्वाधिक बजारमा छ । तारा मदुराई छन्, भर्दुनी सुकाईजा लगायतका गीतहरू बजारमा ल्याउने तयारीमा थापा छन् ।





