बाजुरा- नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले सरकारले गरेका गलत क्रियाकलापका बिरुद्ध सत्ता पक्षकै सांसदले पनि आवाज बुलन्द गर्नुपर्ने बताउनुभएको छ । मंगलबार बिहान नेपाली प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभयो ।
सरकारमा सहभागी राजनीति दलहरुको कुरा गर्नुहुँदै प्रतिपक्ष दलले मात्रै सरकारका काम कारबाहीका बिषयमा टिकाटिप्प्णी गर्नुपर्छ भन्ने नरहेको बताउनुभयो । सरकारमा हुँदा सत्ता पक्षको सांसदले केही बोल्नै हुन्न चुपचाप बस्नुपर्छ भन्ने नरहेको उहाँको तर्क थियो । सरकारका सबै राम्रा काम छैनन्, केही सच्याउनु पर्ने र सुधार गर्नु पर्ने पनि छ, त्यो विषयमा सुझाव दिँदा र सच्याउने कुराको आलोचना गर्ने विषयलाई विरोध मान्न नहुने शर्माको दाबी छ ।फरक प्रशङमा बोल्नुहुँदैन उहाँले सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले सरकार फेरबदल हुन्छ कि भन्ने कुरामा आशंका व्यक्त नगर्न आग्रह गर्नुभयो ।
अहिले नै सरकार फेरबदल बारे कुनै छलफल नभएको उहाँको भनाई थियो । गठबन्धनको सरकार अझै लामो समय सम्म टिकिरहन्छ भन्ने कुरामा ढुक्क हुन पनि आग्रह गर्नुभयो । संकटयुक्त अबस्थामामा लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरेको बताउनुहुँदै उहाँले चुनाब नजित्ने भएपछि मात्रै गठबन्धन गरेको भनेर बुझ्न नहुने बताउनुभयो । कांग्रेस एक्लैले चुनाब नजित्ने भएकाले गठबन्धन गरेको हो भन्ने कुरा नरहेको स्पष्ट पार्नुहुँदै उहाँले राष्ट्रियता,लोकतन्त्र र संविधानको रक्षाका लागी गठबन्धन बनेको उहाँको भनाई थियो ।
पहिलोपटक बाजुरा पुग्नुभएका शर्माले बाजुराका समस्या लिएर जाने र समस्या समाधानका लागि सकेसम्म सरकारको ध्यानाकर्षण गराउने प्रयास गर्ने बताउनुभयो । भुकम्प पीडितको उद्दार, राहत वितरण र टहरा निर्माणका लागि लाग्ने खर्च दिने कुराको निर्णयमा सरकार जिम्मेवार बनेपनि टहरा निर्माणको काममा गम्भीर कमजोरी भइरहेको शर्माको भनाई छ । काँग्रेस पनि सरकारमा छ, भन्दैमा सबै कमजोरी स्वीकार्न र पक्षपोषण गर्न सकिन्न, कुन कुरामा समर्थन र आलोचना गर्ने काँग्रेस त्यसमा प्रष्ट छ, शर्माले भन्नु भयो । यो काम गर्ने बेला हो, पाएको जनमत र अधिकारको तीन वटै तहका सरकारले जिम्मेवार ढंगले काम देखाउनु पर्छ, सरकार कस्को भन्ने नै छैन्, कुनै दल सरकार बाहिर छैन्, कोही स्थानीय तहको नेतृत्व गरिरहेका छन्, त कोही संघ र प्रदेशको जनताको काम र देशको स्वाभिमानको चिन्ता र सरोकार सबैलाई हुनु पर्नेमा शर्माले जोड दिनुभयो।
समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेलाई लक्षित गर्दै शर्माले मिसन ८४ नभइ ८०, ८१, ८२ र ८३ हुनु पर्ने र मिसन भन्दा भिजनको कुरालाई प्राथमिकता दिनु पर्ने धारणा व्यत्तः गर्नुभयो। पाँच वर्ष केही नगर्ने, र ५ वर्ष पछि एकै पटक चमत्कार गर्छु भन्ने कुरा नै गलत रहेको उहाँको टिप्पणी थियो। प्रतिनिधी सभा सदस्य समेत रहेका शर्माले सांसद भएपछि सरकारमा जान हतार गर्ने पक्षमा आफू नरहेको र कुनै दिन मन्त्री र प्रधानमन्त्री बन्ने उदेश्य बोकेकोले यो कार्यकाल सदन भित्रको संसदीय अभ्यासलाई सिकाइको रुपमा प्रयोग गर्ने बताउनुभयो।
रिगल रिहाइको प्रंसगमा कुरा गर्दै शर्माले आममाफी दिने निर्णय नै गलत भएको बताउनुहँदै आफुले त्यो बेला नै बिरोध गरेको बताउनुभयो। न्याय सम्पादन पीडित परिवारको सिफारिसमा गरिनु पर्ने पद्धतीको विकास गर्नु पर्ने उहाँको भनाई थियो। शर्माले दुर्गा प्रसाईको प्रदर्शन लोकतन्त्रमा स्वभाविक रुपमा लिनु पर्ने बताउनुभयो। लोकतन्त्रको विरोध गर्ने व्यवस्था नै लोकतान्त्रिक व्यवस्था हो । राजतन्त्र भए पो, विरोध र बहस गर्न बन्देज हुन्थ्यो, असन्तुष्टी पोखिनु कुनै नौलो र आश्चर्यको कुरा होइन्, यस्ता व्यवस्था विरोध प्रदर्शनको कुनै अर्थ छैन्, भन्ने लागेर नै काँग्रेसले महत्व नदिएको उहाँले स्पष्ट पार्नुभयो।
शान्ति प्रक्रियाका लागि सहकार्य गरेका दलबीच समृद्धिका लागि सहकार्य हुनु अनौठो नभइ स्वभाविक भएकोले सत्ता गठबन्धन बारेको बुझाइप्रति आम नागरिक जानकार हुनु पर्ने बताउनुभयो।उहाँले संसद विघटनको बिशेष पस्थितिमा चुनावी गठबन्धन गरिएपनि अब त्यो कुरालाई सच्याएर जान सकिने धारणा व्यक्त गर्नुभयो।
देशको अर्थतन्त्र सुधारमा सरकारले ध्यान दिनु पर्छ, विदेश पलायनमा सबैको चिन्ता र सरोकार रहनु पर्छ, राजनीतिले अब विकास र समृद्धिका विषयलाई समेट्नु पर्ने धारणा राख्दै शर्माले प्रचण्डले भाग्यशाली छु, सरकार अझै टिक्छ भन्ने कुरा काँग्रेसको आस्था र विचारलाई आत्मसाथ गर्नु राम्रो कुरा भएको बताउनुभयो। उहाँले विपी र गणेशको पथलाई काँग्रेसले छोडेको आरोप सत्य नभएको भन्दै अवस्था परिवर्तन र व्यवस्था परिमार्जन गर्ने पक्षमा काँग्रेस लागेको दाबी गर्नुभयो।
एक औपचारिक कार्यक्रममा बिचनेपाल प्रेस युनियन बाजुराले अयोजना गरेको पत्रकार सम्मेलन प्रेस युनियन बाजुराकी अध्यक्ष संगीता तिमिल्सेनाको अध्यक्षतामा सुरु भएको हो । पत्रकार पत्रकार सम्मेलनको प्रमुख अथिती महामन्त्री बिश्वप्रकाश शर्मा रहनु भएको थियो। कार्यक्रममा काँग्रेस सभापति रामसिंह रावल, पूर्व सभापति कविराज पण्डित, मनबहादुर रावल, प्रदेश सभा सदस्य एवं काँग्रेस नेतृ जुना दानी, पार्टी उपसभापति, सचिव, सहसचिव सहीतका नेताहरु सहभागि थिए । नियनका सचिव रामबहादुर वि.क.ले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष जयबहादुर रावतले राख्नु भएको थियो । पत्रकार सम्मेलन नेपाली काँग्रेसको विपी स्मृति भवनमा गरिएको हो





