युनिकोड    राशिफल    एफएम रेडियाे                        

कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा यहीँ मंसिर १९ गते बाजुरा आउनेबाजुरा : नेपाली कांग्रेस केन्द्रीय महामन्त्री प्रतिनिधि सभा सदस्य युवाहरुका आशा अनि भराेशाका केन्द्रविन्दु युवा नेता विश्वप्रकाश शर्मा बाजुरा आउने भएका छन् ।

यहीँ मंसिर १९ गते महामन्त्री शर्मा बाजुरा आउन लागेका हुन् । यहीँ मंसिर १९ गते नेपाली काँग्रेस बाजुराले आयोजना गर्ने जिल्ला भेला लाई सम्बोधन गर्न आउने नेपाली कांग्रेस बाजुराले जानकारी दिएको छ । महामन्त्री शर्मा पहिलोपटक बाजुरा आउन लागेका हुन् । महामन्त्री शर्माको प्रमुख आथित्यतामा कांग्रेस बाजुराले जिल्ला स्थित शिर्ष नेताहरुको उपस्थितमा बृहत आम सभा कार्यक्रम गर्ने तयारी गरेको छ ।

महामन्त्रि शर्मा कांग्रेस भित्र युवा पुस्ताको बिश्वासको पात्र हुन् । युवाहरु माझ लोकप्रिय नेता महामन्त्री शर्माको उपस्थितिमा हुने कार्यक्रम भव्य हुने अपेक्षा कांग्रेस नेताहरुले लिएका छन् । महामन्त्री शर्माको प्रमुख अथित्यतामा हुने कार्यक्रममा पाटिका शिर्ष नेताहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,प्रदेश पधातिकारी, पाटिका भातृ संघ सुभेच्छुक सँस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत अन्य नेता कार्यकर्तालाई उपस्तिथिका लागि काँग्रेस बाजुराले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर