बाजुरा – जिल्ला प्रशासन कार्यालय बाजुराले शान्तिपुर्ण ढंगले तिहार बनाउन आग्रह गरेको छ। राती ९ बजेपछि कुनैपमि किसिमका कार्यक्रम सञ्चालन नगर आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले शुक्रबार एक सूचना जारी गर्दै नजिकिदै गरेको शुभदिपावलीलाई लक्षित गर्दै समुदाय स्तरमा विभिन्न कार्यक्रमको तयारी भैरहेकोले राती ९ बजेपछि कुनै पनि किसिमका कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको हो । राती अबेरसम्म कार्यक्रम सञ्चालन गर्दा झैझगडा लगायतका अन्य अपरधिक गतिविधिका घटना बढ्ने सम्भावित जोखिममालाई मध्य मध्यनजर गरि ९ बजेपछि कार्यक्रम नगर्न सूचनामा भनिएको छ ।
यो संगै तिहारमा रमाइलोका लागी विभिन्न बिष्पोटन पदार्थ प्रयोग गर्ने प्रचलन बढ्दै गएको हुँदा यसले मानिसको शरीर अङ्ग भङ्ग लगायतका घटनाहरु बढ्ने जोखिम हुने भएकाले यस्तो नगर्न पनि जिल्ला बासिलाई सूचना मार्फत भनेको छ । यतिमात्र होईन तिहारमा धनजनको क्षेती हुने गरि जुवा नखेल्न, नखेलाउन पनि आग्रह गरेको छ । शान्तिपुर्ण ढङ्गले तिहार मनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले यो सूचनाको अवज्ञा गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने पनि प्रजिअ भिमकान्त पौडेले हस्ताक्षर गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।





