बाजुराः सशस्त्र प्रहरी बल आश्रीत गुल्म बाजुराले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । एक औंपचारिक कार्यक्रममा बीच सोमबार दिउँसो विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो ।
एक औपचारिक कार्यक्रममा बीच मनाइएको स्थापना दिवस कार्यक्रम आश्रीत गुल्म बाजुराका गुल्मपती ९सशस्त्र प्रहरी नायब उपरिक्षक० संकरदत्त तिवारीको अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रममा प्रमुख अथिती सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डे रहनु भएको थियो । कार्यक्रममा बिशिस्ट अथिती प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, प्रहरी प्रमुख कबिन्द्र सिंह बोहरा, विभिन्न सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, आज भन्दा पाँच वर्ष अगाडि २०७५ साल ७ महिना १३ गतेका दिन सशस्त्र प्रहरी आश्रीत गुल्मपती बाजुराको स्थापना भएको थियो । स्थाओअना भएको दिन देखि हालसम्म कृषि जज्ञान केन्द्र बाजुराको पुरानो भवनबाट कार्य सम्पादन गर्दै आएको छ । स्थापना भएको दिन देखि बाजुरामा आश्रीत गुल्म बाजुराले कार्यक्रममा आश्रीत गुल्म बाजुराका गुल्मपति ९सशस्त्र प्रहरी नायब उपरिक्षक०संकर दत्त तिवारीले हाल सम्म गुल्मपति बाजुराले गर्दै आएका कार्य र उपलब्धिका बारेमा स्थापन दिवसको अवसरमा आयोजित औंपचारिक कार्यक्रममा जानकारी गराउनुभएको थियो ।
बाजुरामा स्थापना भए यता शान्ति सुव्यवस्था, अमनचैन, अपराधिक गतिविधि नियन्त्रण, बन्द हड्ताल, धर्ना जुलुस, बिपत व्यवस्थापन,सहरी दुर्घटनामा उद्धार, आगलागी नियन्त्रण,बाढी पहिरोमा उद्धार, भिआइपी सुरक्षा, निर्वाचन सुरक्षा, सामाजिक कार्य लगायतका कार्य गर्दै आएको उहाँले बताउनुभयो । नेपाल सरकारले समयसमयमा तोकेका जिम्मेवारी कतिबद्ध भएर पालना गरि संगठनको छवि उच्च राख्न अहोरात्र जनताको सुरक्षामा खटिएको उहाँले दाबी गर्नुभएको छ । बाजुरामा स्थापना भैसके पश्चात् विभिन्न घटनाक्रममा जनताको जिउ धनको सुरक्षाका लागी रातदिन नभनी खटिएर जनतालाई शान्ती सुरक्षाको अनुभुती गराउनुका साथै जनताको मनोबल उच्च बनाउन सफल भएको उहाँले बताउनुभयो ।
यो संगै कार्यक्रममा गुल्ममा कार्यरत कर्मचारीहरुले देशभक्ती गीतमा नृत्य प्रस्तुत संगै देशभक्ती गीत गाएका थिए भने देश भक्ती कविता समेत बाचन गरेका थिए । कार्यक्रममा एक आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा यस अघि आश्रीत गुल्म बाजुराले आयोजना गरेको विभिन्न कार्यक्रममा उत्कृष्ट स्थान हासिल गर्ने कर्मचारीहरुलाई पनि प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अथिती प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बाजुरा जिल्ला बिपतको उच्च जोखिममा रहेको जिल्ला रहेकाले बिपतजन्य घटनाहरुमा जनताको उद्धारमा सशस्त्र प्रहरीको उपस्तिथि बढी हुनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरीले जनताले सुरक्षाको भरपुर अनुभुती गर्न पाउनुपर्ने प्रजिअ पौडेलको भनाई थियो । आफ्नो कर्तव्यलाई सशस्त्र प्रहरीले कहिँले भुल्न नहुने प्रजिअ पौडेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अथीती सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक रमेश पाण्डेले जनताको जिउधनको सुरक्षाका लागि नेपाल सशस्त्र प्रहरी जहिले अग्रणी भुमिकामा रहदै आएको र फेरीपनी रहनुपर्ने बताउनुभयो । राज्यले दिएको जिम्मेवार कर्तव्य निष्ठ भएर पाल्ना गर्न पनि उहाँले आश्रीत गुल्मपती बाजुरामा सेवारत सशस्त्र कर्मचारीलाई आग्रह गर्नुभयो । राज्य जब अप्ठ्यारो स्थितिमा पुग्यो त्यहाँ नेपाल सशस्त्र प्रहरीको सक्रिय उपस्तिथिले राज्यको हित हुने थुप्रै कामहरु भएको उहाँले बताउनुभयो । नेपाल सशस्त्र प्रहरीको स्थापना भैसकेपछि नेपालमा भएका विभिन्न घटनाक्रममा नेपाल सशस्त्र प्रहरीले उल्लेखनीय योगदान पुर्याउदै आएको पाण्डेले दाबी गर्नुभयो ।
बाजुरा जिल्लाको हकमा यहाँ बिपतका घटनाहरुको बढी जोखिम रहेको बताउनुहुँदै उहाँले बिपतजन्न्य घटनाहरुम जनताले सशस्त्र प्रहरीबाट शान्तिकार्यक्रममा बोल्दै विभिन्न घटनाक्रममा कार्य सम्पादनका सिलसिलामा वा अन्य घटनामा ज्यान गुमाउनुहुने अमर बिरगती प्रती श्रद्धासुमन व्यक्त गर्नुहुँदै घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि गर्नुभयो । उहाँहरुको त्याग तपस्या, बलिदाद र राज्यका लागि पुर्याएका योगदानले सशस्त्र प्रहरी बल आजका दिनसम्म आइपुगेको उहाँले बताउनुभयो ।
सुरक्षाको अनुभुती गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । भौतिक पुर्वाधारको अभावका बाबजुद पनि जनताको शान्ति सुरक्षामा निरन्तर खटिएको भन्न्नुहुँदै उहाँले जोखिम मोलेर जनताको सेवामा सेवारत सशस्त्र कर्मचारीहरुलाई धन्यवाद दिनुभयो । सशस्त्र प्रहरीले नेपालका हालसम्म विभिन्न घटनाक्रममा शान्ति सुरक्षाका लागी महत्त्वपूर्ण योगदान पुर्याउदै आएको दाबी गर्नुभयो । घर परिवार त्यागेर नेपाली जनताको सेवामा समर्पित सशस्त्र प्रहरी जवान प्रती उहाँले सम्मान गर्नुभयो । जनताको सुरक्षाका लागि फेरीपनी रातदिन सशस्त्र प्रहरी तलिन रहने प्रतिबद्धता जनाउनुभयो ।





