निशान्त बडुवाल, बाजुरा/ निर्वाचन क्षेत्र नम्बर- २ मा किरियापुत्रीले मतदान गरेका छन्। क्षेत्र नम्बर -२ मा पर्ने बडिमालिका नगरपालिका– ०९ मा रहेको मालिका मावि मतदान केन्द्रमा तिनजना किरियापुत्रीले मतदान गरेका हुन्। आमाको निधनको शोकमा किरिया बसेका छोराहरु रती, जङ्ग र अके बडुवालले मतदान गरेको हुन् ।





