युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा – बडीमालिका नगरपालिका वडा न . ८ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । वडाको आयोजनामा आयोजित फुटवल प्रतियोगिताको एक औंपचारिक कार्यक्रमका बीच आइतबार प्रतियोगिताको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले उद्घाटन गर्नुभएको छ । बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा फुटवल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता १४ गते सम्म चल्नेछ । प्रतियोगितामा ७ वटा टिमले सहभागीता जनाएका छन् । प्रतियोगितामा ७ वटा टिम सहभागी भएका छन् । प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजार मेडल प्रमाणपत्र र उपविजेता हुने टिमलाई १५ हजार नगदसहित प्रमाणपत्र मेडलसहित प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।एक औंपचारिक कार्यक्रमका बीच बडीमालिका वडा न . ८ का वडा अध्यक्ष चन्द्र थापाको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख अमर खड्का, बिशिस्ट अथिती नगर उपप्रमुख नन्दा थापा र नेकपा एमाले जिल्ला कमिटी सदस्य दुर्गा थापा रहनु भएको थियो । कार्यक्रममा अथिती कांग्रेस बडीमालिका ८ का वडा सभापति वीर बहादुर थापा, नेविसंघ अध्यक्ष जनक थापा, वडा सदस्य करे रावल, रिता बडुवाल लगायत रहनुभएको थियो । प्रमुख अथिती खड्काले ब्यानर उद्घाटन गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।खेल क्षेत्रको विकास र बालबालिकाहरुलाई खेलकुद तर्फ अभिप्रेरित गर्नका लागि फुटवल प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष चन्द्र थापाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बडीमालिका ८ का वडा सभापति बिर बहादुर थापाले खेलकुद प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बिश्वास व्यक्त गरेका छन् । खेल क्षेत्रको विकासका लागि प्रतियोगिताको महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाई थियो । यसले बालबालिकालाई फुटवल प्रतिको आकर्षण बढ्ने पनि वक्ताहरुले कार्यक्रममा बोल्ने बताएका छन् । खेलकुदका माध्यमबाट राज्यको गरिमा उच्च रहेकोले खेल क्षेत्रमा राज्यले आवस्यक लगानी गरन नसकेकोले स्थानीय सरकार खेल क्षेत्रको विकासका लागि थप जिम्मेवार हुन नेविसंघका जिल्ला अध्यक्ष जनक थापाले सुझाब दिनुभएको छ ।

खेल मैदानको अभाव रहेकाले खेल मैदान निर्माणमा ध्यान दिन पनि नगर सरकारका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । खेल मैदानको अभाबले खेलकुद प्रतियोगिता गर्न समेत असहज भैरहेको र सदरमुकाममा आयोजना हुने प्रतियोगिता पनि बाहिर गर्नुपर्ने बाध्यता रहेको वक्ताहरूले बताएका थिए । खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले गरेको लगानी पनि सहि ठाउँमा गर्न सुझाव समेत वक्ताहरुको थियो ।

खेल क्षेत्रमा बडीमालिका नगरपालिका ८ ले उत्कृष्ट खेलाडी जन्माउन सफल भएको पनि कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अथिति नगर प्रमुख अमर खड्ककाले खेल क्षेत्रको विकासका लागि तदारुकताका साथ लागीपरेको बताउनुभएको छ । खेल क्षेत्रको विकासका लागि खेल संग सरोकार राख्ने खेल मातहतका संघ सस्था संग समन्वय गरेर नगरसरकारको तर्फबाट तदारुकताका साथ लागिरहेको उहाँको भनाई छ ।कार्यक्रममा बोल्दै प्रमुख अथिती रहनुभएका खड्काले कार्यक्रममा बोल्ने वक्ताहरुले दिएका सुझावलाई ग्रहण गर्दै पहल चाल्ने बताउनुभएको छ। खेल क्षेत्रको विकासका लागि आवस्यक पहल सम्बन्धित निकायमा गर्दै आएको र नगर सरकार पनि खेल क्षेत्रको विकासमा सकारात्मक रहेको बताउनुभयो । खेल मैदान निर्माणका लागि पनि आवस्यक पहल भैरहेको नगर प्रमुख खड्काले दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर