युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीबाट एक जना सुत्केरी महिलाको उद्धार गरीएको छ । आज हिमाली गाउँपालिका वडा नं ५ रुगिनकी बनकला कार्कीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरीएको हो । २८ वर्षिया कार्कीले एउटा बच्चा छोरालाई सामान्य तरीकाले जन्म दिए पनि अर्को बच्चा जन्माउनका लागि अप्रेसन गर्नु पर्ने भएकाले रिफर गरीएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

पेटमा दुई बच्चा रहेकी कार्कीले एक बच्चालाई सामान्य तरीकाले जन्म दिएको र अर्को बच्चा पेटमा उल्टो हुँदा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख रञ्जित शाहले जानकारी दिनुभएको छ । रुगिन स्वास्थ्य चौकीमा एउटा सन्तानको जन्म दिएकी कार्कीको अर्को वच्चालाई जन्माउनका लागि अप्रेसन गर्नु पर्ने भएकाले सुर्खेत पठाइएको उहाँले बताउनुभयो ।रुगिन स्वास्थ्य चौकीले कार्कीलाई अपरेसनका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पठाएको भए पनि कोल्टीमा अप्रेसन हुन नसक्दा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको उहाँले बताउनुभयो । यो भन्दा पहिले अप्रेसन हुने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अहिले एनेस्थेसिया टेक्निसियन दशै विदामा हुँदा रिफर गर्नु परेको उहाँले बताउनुभयो ।

आमा र जन्मेको बच्चाको अवस्था सामान्य भए पनि अर्को बच्चा जन्माउनका लागि रिफर गरीएको उहाँले बताउनुभएको छ । कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुर्खेत लगिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर