बाजुरा – नेपाल खाद्य अधिकार सञ्जाल बाजुराको नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार एक औंपचारिक कार्यक्रमका बीच शुभकामना आदानप्रदान कार्यक्रम गरेर उक्त कार्यक्रमको समापन पछि नयाँ कार्यसमिति पनि चयन गरिएको छ । कार्यसमिति संयोजकमा लक्ष्मीराज पाध्याय, सहसंयोजकमा कोपिला सिंह, सदस्य सचिब सन्तोष विक सर्वसम्मत चयन भएका । यस्तै ४३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । पुरानो समितिलाई बिगठन गरि नयाँ कार्य समिति गठन गरिएको हो ।
खाद्य अधिकार सञ्जाल बाजुराको शुभकामना आदानप्रदान तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको हो ।एक औंपचारिक कार्यक्रमका बीच नेपाल खाद्य सञ्जाल बाजुराका अध्यक्ष मदनराज जोशीको अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रममा प्रमुख अथिती बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापा रहनु भएको थियो । कार्यक्रममा बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, जिल्ला स्थित सम्पुर्ण सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य खाद्य अधिकार सञ्जाल बाजुराका सदस्य प्रेम रौलेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिब लक्ष्मीराज पाध्यायले गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रम की प्रमुख अथिती बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले खाद्य अधिकार सुनिश्चितताका लागि पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कृषि बिकास शाखा संगको समन्वयमा कृषिमा नगरपालिकालाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको उहाँले दाबी गर्नुभयो । किसानहरुको बजारिकरणको समस्या समाधानका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको बताउनुहुँदै उहाँले कृषि एम्बुलेन्स सञ्चालन पश्चात् किसानहरुलाई सहज भएको बताउनुभयो । खाद्य अधिकारको सुनिश्चितताका लागी कृषकहरू संग पुग्न आवस्यक रहेको बताउनुभयो ।





