युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा — बडिमालिका वडा न. ७ मा २ लाखको बन्दा उत्पादन भएको छ। जिल्लाको आलु उत्पादनको भण्डार मानिएको बडिमालिका ७ का कृषकले एकै सिजनमा २२ लाख बराबरको बन्दा उत्पादन गरेका हुन । त्यहाका कृषकहरुले एकै सिजनमा २२ लाख बराबरको बन्दा उत्पादन गरेर बिक्री बितरण गरिरहेका छन ।

कृषकले होलसेल मुल्यमा बन्दा बिक्री गरेको ढम्कने वहुउदेश्यीय सहकारीले जनाएको छ । सस्थाका अनुसार होलसेल मुल्यमा प्रतिकेजी रु २० रुपिँयाका दरले बिक्री गरेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित प्राङ्गारिक मिसन कार्यक्रम संचालन अन्तरगत बन्दा उत्पादन गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताए । बन्दा उत्पादन तथा बजारीकरणमा ढम्कने वहुउदेश्यीय सहकारी संस्था लिमिटिेडले समन्वय गरिरहेको जैशीले बताए ।

बडिमालिका नगरपालिको वडा न ७ मा मात्रै २२ लाखको बन्दा उत्पादन
बन्दाको बजारीकरणका लागि वाँकि करिव ५ सय कुईन्टल थोकमा वारीवाटै खरिद गर्ने सम्झौता गरिएको छ । सुचना अधिकारी जैशीका अनुसार बारीवाटै थोकमा बन्दा खरिद गरी तरकारीका होलसेल ब्यापारी योगराज न्यौपाने बाजुरा धनगढी लैजाने भएका छन । हाल सम्म अर्गानिक प्रविधि सहित उत्पादन गरिएकोमा ढम्कनेवाट ४ सय ७८ कुईन्टल उत्पादन भएको ढम्कने वहुउदेश्यीय सहकारी संस्था लिमिटेडका ब्यबस्थापक राम बहादुर धामीले बताए । धामीका अनुसार हालसम्म सबै भन्दा बढि त्यहाँका कृषक खडक बहादुर धामीले ८० हजारको बन्दा बिक्रि गरिसकेको बताइएको छ।

May be an image of collard greens

बडिमालिका ७ को रजातोली जिल्ली लगायतका ठाउँमा १ सय ५० कुईन्टल गरी वडा भरी ६ सय २८ कुईन्टल बन्दा विक्रि गरिको ढम्कने वहुउदेश्यीय सहकारीका ब्यबस्थापक धामीले बताए । यसवाट थोकमा हिसाव गर्दा १२ लाख ५० हजार कृषकको हातमा नगद पुगेको धामीको भनाइ रहेको छ । अझै करिव ५ सय कुईन्टल बिक्रि हुन वाँकि रहेको ढम्कने वहुउदेश्यीय सहकारीको तथ्याकं रहेको छ । हिसाव गर्दा १ हजार १ सय कुईन्टल करिव २२ लाख ५० हजारको बन्दा विक्रि हुने अनुमान गरिएको ढम्कने वहुउदेश्यीय सहकारीका ब्यबस्थापक धामीको भनाई रहेको छ ।

No photo description available.

हामीले बडिमालीका नगरपालीकाको चुथि देखि बुढीनन्दाको सत्य मा वि पाण्डुसैन सम्मको क्षेत्रलाई बर्षे तरकारीको पकेट क्षेत्र बनाउने गरी काम शुरू गरेका छौं कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले भने । सडक सुचारू नहुँदा कृषकले ५ घण्टाको पैदल वाटोमा भारी वोकेर तरकारी दुःखका साथ बजार सम्म पुगाएको उनको भनाई रहेको छ । सडक संचालनमा आए संगै तरकारी ढुवानीमा समस्या नहुने जैशीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर