बाजुरा खबर , बाजुरा । विदाको दिन सरकारी गाढि कुदाउँन नपाउँने प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर, बाजुरामा भने यो नियमको पालना भएको छैन ।
नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको छ । यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ ।
बाजुरामा सामान्य कर्मचारीदेखि वडा नगर का प्रतिनिधिका आसेपासेले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ । सरकारी सवारी साधन लिएर बिदाको दिन डुल्न जाने, सामान किनमेल गरी ओसार्न प्रयोग गर्ने र व्यक्तिगत काममा प्रयोग गर्ने गरेको पाइन्छ ।
भिभिन्न ठाँउमा सरकारि मोटर साईकल लिएर सिक्दै गरेको बाजुराका थुप्रै ठाँउमा देख्न मिल्छ । केहि प्रमाण हरु हामि सङ्ग सुरुक्षित छन् ।
बडिमालिका नगरपालिका ०८ बाजुरा क्याम्पस मा रोडमा दिन दिन सरकारि मोटरबाईक चलाउन सरिरहेको प्रतक्ष देख्न सकिन्छ । त्यस्तै बाजुराका ठुल ठुला बजार कोल्टि , बाम्का , पिलिचैर , मार्तडि लगाएत बजारमा जतापनि देख्न मिल्छ स्थानिएको जनगुनासो रहेको छ ।





