युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं /नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ईश्वर पोखरेलले आगामी निर्वाचनपश्चात एमालेको सरकार बन्ने बताउनुभएको छ ।

बलियो दल नेतृत्वमा पुग्दा मात्र देशले निकास पाउने भन्दै उहाँले जनताले एमालेलाई विश्वासको मत दिएर जिताउन जरुरी रहेको बताउनुभएको हो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ ले बसुन्धारामा आज आयोजना गरेको निर्वाचनसभामा सम्बोधन गर्दै उहाँले विगतका दिनमा जनतासामु गरेका बाचाहरु धेरै पूरा गरेको र पूरा हुन बाँकी रहेका कामहरु निर्वाचनपश्चात जनतालाई साक्षी राखेर पुरा गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभएको थियो ।

उहाँले भन्नुभयो, “आगामी निर्वाचनपश्चात काठमाडौँ क्षेत्र नं ५ मा रहेका सरकारी वा निजी दुवै क्षेत्रका अस्पतालहरुलाई स्थानीय सरकारसँगको समन्वयमा जनताले सुलभ ढङ्गले सेवा लिन पाउने व्यवस्था मिलाउने, खानेपानी घर–घरमा उपलब्ध गराउने, सार्वजनिक र गुठीबाट सञ्चालित विद्यालयलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नेलगायतका अन्य काम हामीले पूरा गर्नेछौँ ।”

कार्यक्रममा सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा सदस्य २ का उम्मेदवार दीपक निरौलाले आगामी दिनमा सडक सञ्जाल, नदी नियन्त्रण, पर्यावरणीय सन्तुलन, जीवनको दैनिक महत्वको क्षेत्रमा पर्ने स्वास्थ्यलाई ध्यान दिँदै कान्तिबाल, टिचिङ, शहीद गङ्गालाल अस्पताल, बूढानीलकण्ठ र टोखा नगरभित्र रहेका हरेक स्वास्थ्यचौकीमा डाक्टरसहितको उपचार सेवाको व्यवस्था मिलाउने बताउनुभयो ।

उम्मेदवार निरौलाले यस क्षेत्रको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्न बूढानीलकण्ठमा रहेको मुहान पोखरी, विष्णुमतीलगायतका खोलाहरुमा तटबन्धन निर्माण गरी ड्यामहरु तयार गरी मेलम्चीभन्दा छिटो स्थानीय स्रोतबाट खानेपानी वितरण गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी क्षेत्र नं ५ को प्रदेशसभा १ तर्फका उम्मेदवार नारायण सिलवालले विगतदेखि ध्यान दिँदै आएका हाँडीगाउँ, टोखा तथा बूढानीलकण्ठमा रहेका धार्मिक सम्पदाहरुको संरक्षण गर्दै पर्यटकीयस्थल बनाउने बताउनुभयो ।

उहाँले सार्वजनिक जग्गा संरक्षण गर्दै विभिन्न स्थानमा निर्माण गरेका पार्कहरु, भौतिक पूर्वाधार विकासलगायतका कामलाई समेत निरन्तरता दिन पुनः यसै क्षेत्रमा आफ्नो उम्मेदवारी रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर