युनिकोड    राशिफल    एफएम रेडियाे                        

दार्चुला / दार्चुलामा भदौ ९ गत हतियार प्रहार गरि हत्या गरिएकी वृद्धाका हत्यामा संगलग्न आरोपितलाई सार्वजनिक गरिएको छ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ स्थित टोपालीकी ८५ वर्षीया वृद्धा भागरथी चन्दको भदौ ९ गते चक्कु प्रहारबाट हत्या गरिएको थियो। उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको थियो।  आज उनको हत्या आरोपितलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको दार्चुला जिल्लाका डिएसपी तर्कराज पाण्डेले बताए।प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले वृद्धाका हत्या आरोपित नातिसहित दुई जनालाई सार्वजनिक गरेको हो। वृद्धा चन्दको हत्या आरोपमा उनका नाति मालिकार्जुन गाउँपालिका– ७ का २१ वर्षीय दिपक चन्द र दुहु गाउँपालिका–३ का १८ वर्षीय आशीष बमलाई प्रहरीले सार्वजनिक गरेको छ। भदौ ८ गते हजुरआमाले पैसा नदिएपछि हत्या गरी उनीहरु फरार रहेका थिए।

फरार आरोपित दुबै जनालाई प्रहरीले भिमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बसपार्कबाट भदौ १२ गते पक्राउ गरेको भए पनि घटनाको अनुसन्धान पछि आरोपितलाई आज सार्वजनिक गरेको हो। उनीहरुले घरमा एक्लै रहेकी वृद्धा एकल महिलालाई दुवै जनाले धारिलो हतियार हसिया, कैची र चक्कुले प्रहार गरी हत्या गरेकोे स्वीकार गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर