युनिकोड    राशिफल    एफएम रेडियाे                        

निशान्त बडुवाल,बाजुरा खबर- बाजुरा ।

बडीमालिका नगरपालिका ८ र ६ को बिचमा रहेको बिरेखोला झरनाको बारेमा धेरै बणन गर्न आवश्यक नै छैन बाजुराको एकदमै परिचित पर्यटकिय स्थलको रुपमा पछिल्लो समय परिचित भएको अबगतनै छ , सामाजिक सञ्जाल टिकट्क फेसबुक लगायत सञ्जालमा जताततै देख्न मिल्छ बर्खा सिजनमा आन्तरिक तथा बाह्य पर्यटक दिन दिन बिरेखोला झर्नामा देख्न मिल्छ तर बिरेखोलाको सिरानिमा दुई वटा झर्ना फेरि देख्न मिल्छ दुई चट्टानको टुप्पो  बाट एक एक झर्ना झरेर एउटै ठाँउमा मिलेको देख्न मिल्छ ।

त्यो दृस्य अतिनै लोभलाग्दो छ । ५०० मिटर जति लामो देखिने झरनाले मान्छेलाई हर्सित पार्दछ । त्यहाँ सम्म जानलाई जोखिम मोलेर जानु प्रने भएकोले मानिसको नजर बाट टाढानै  रहेको छ । बाजुरा खबरको टिमले भ्याए सम्म झरनाको सबै अध्यायन गर्न एकदमै गारो भएको छ । जाने बाटो बिरेखोला झरना भएरै माथि चढ्नु प्रछ भिरको बाटो भएर सबैलाई जान सम्भब छैन् । स्थानिए सरकारले यस्बारे सोचेर त्यहाँ सम्म पुग्ने पैदल मार्गको निमार्ण गरिदिए बाजुराको सान बिरेखोला झरनाले बढाएकै थियो झन पर्यटकको बृदि हुने सम्भाबना रहेको छ ।

बडिमालिका नगरपालिका प्रमुख अमर बहादुर खड्काले झरनाको सम्भाब्यता अध्ययन गरि त्यहाँ सम्म जाने पैदल मार्ग देखि लिएर आवश्यक काम गर्ने बताउनु भउको छ । बाटोनै नभएको झर्नाको अध्यन मनोज रेग्मि लगाएतको टिमले पनि दुई पटक सम्म गएर त्यहाँको सम्भाबना लाई अध्यायन गरिसकेको र फोटो भिडियो हरु सामाजिक सञ्जालमा अपलोड गरिसकेको  र जाने बाताबरण नहुदा अझै गुमनामै रहेको बताउनु भएको छ ।

फेदिबाट हेर्दा एकदमै डराउनु जस्तै लाग्ने दुई वटै झर्ना अतिनै लोभ लाग्दा छन् । चारै तिर चट्टान भएकोले फोटो र भिडियो खिच्न एकदमै अप्ठ्यारो हुन्छ । चारै तिर बाट पानि मात्र खस्ने भएकोले एकदमै अध्यारो महसुस हुन्छ । त्यहाँ रहेको बाताबरणलाई अलि मानिस जान सक्ने र उभिन सम्म सक्ने बाताबरण भए पर्यटकिय स्थल अझै लोभ लाग्दो र बाजुराको आर्थिक अबस्था बढाउनमा टेवा पुग्ने स्थानिए नयन बडुवालले बताए । झरना  सम्म  जाने पैदल मार्गको निमार्ण गर्न सके बाह्य पर्यटकको बृदि हुने स्थानिएको दाबि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर