युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुमा आवद्ध युवाहरुले बजार र्याली प्रर्दशन गरेका छन् ।

मंगलबार दिउसो बाजुरा र अछाम जिल्लाको सिमानामा रहेको इकडीबाट एमालेमा आवद्ध युवा विद्यार्थीहरुले सयौं मोटरसाइकल एकैपटक सडकमा गुडाएर सदरमुकाम मार्तडीसम्म र्याली प्रर्दशन गरेका छन् ।

चुनाव प्रचारप्रसारलाई लक्षित गरेर गरेको मोटरसाइकल र्यालीको बाम्का बजारमा गरिएको कोण सभालाई नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले सम्बोधन गरेका थिए ।

May be an image of 8 people, people standing and road

मोटरसाइकल र्याली बाजुरा र अछामको सिमाना इकडीबाट शुरु भएर बाम्का, फालासेन, ताँप्रीसेरा, तिपाडा, रापक हुँदै सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएर समापन गरिएको थियो ।

बाम्का बजारमा गरिएको कोण सभामा बोल्दै एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले बाजुराको समृद्धि र विकासका लागि एमालेले जित्न आवश्यक रहेको बताएका छन् । उनले बाजुराली जनताको विश्वासलाई हामीले कहिल्यै पनि खेर जान नदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

May be an image of 10 people, people standing, motorcycle and road

त्यस्तै मोटर साईकल र्यालीको मार्तडीमा गरिएको कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववीयुका केन्द्रिय उपमहासचिव नरेश रोकायाले बाजुरामा एमालेको विजयी यात्रालाई कसैले रोकेर रोक्न नसकिने ठोकुवा गरेका छन् । निर्वाचन आयोगमा दर्ता भए जतिका सवै दलहरु एकातिर लागेपनि एमालेको बहुमत आउने रोकायाले दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर