बाजुरा खबर
साउन १४- बाजुरा / बडिमालिका नगरपालिका . ६ र ४ कोर्ध जडाङ्गा पानिनाउला तिपाडा र रिलाका १००० बढि घरपरिवारका स्थानिय अध्यारोमै बस्न बाध्य भएका छन् । गत जेष्ठ ३ गते कोर्दालि गाढ जलविद्युतको नहर पुन निर्माणमा रहेकोले त्यहाँका स्थानीयहरु अध्यारोमा बस्न बाध्य भएका हुन् ।
बिद्युत अवरुद्ध भएको ३ महिना बढी भइसकेको छ । २०७३ सालबाट संचालनमा आएको उक्त जलविद्युतको नहर जिण भएर पुन निर्माणमा रहेकोले विद्युत सेवा अवरुद्ध भएको थियो । ५० किलोबाट बिद्युत उत्पादन गर्ने क्षेमता भएको उक्त जलबिद्युतबाट त्यहाँका १००० घर परिवारले बिद्युत उपभमेग गर्दै आएका छन् । जलविद्युतको विद्युतीय नहर मर्मत भैरहेको कारण अवरुद्ध भएपछि एसादाबि सहकारि सस्था बाट सन्चालित विद्युत सहकारिले स्थानीय लाई तत्काल विद्युत सेवा संचालनमा ल्याउने आश्वासन दिएका थिए । एक महिनामै सकिने भनीएको काम तिन महिना बितिसक्दा पनि अझै काम नसकीएकेले विद्युत अझै सत्र्चालनमा आएको छैन काम भैसकेको भनिएता पनि लामो समय बितिसक्दा पनि विद्युत सेवा सुचारु हुन नसकेको कोर्धका स्थानिए दिलिप बहादुर खड्काले बताएका छन् ।
पछाडिबाट खसेको पहिरोले बनाईदै गरेको नहरमा पुन क्षति भएको खड्काले बताए । विद्युत अबरोध हुदा स्थानिएले मोबाईल चार्ज गर्न मार्तडि धाउनु प्रने बताएका छन् ।





