युनिकोड    राशिफल    एफएम रेडियाे                        

निशान्त बडुवाल , बाजुरा  –  बडीमालिका नगरपालिका वडा न ६ स्थित फडिल्ला बस्ति राज्यको नजरमा नरहेको स्थानियहरुले दाबी गरेका छन्  । फडिल्लामा वडा नम्बर ९ र ६ का मानिसको बसाई रहेको छ  ।  २०० बढी घरधुरि भएको बस्तिमा ६०  बडि घर धुरि बार्है मास बसोबास गर्छन भने बाँकि हिउदको पुस र माघ महिना चिसो छल्ल ब .न.पा ९ मा रहेको गड्खेतमा बसोबास  गर्ने गर्दछन्  ।

फडिल्लामा करिब दुई महिना देखि स्थानिय र विद्युत प्राधिकरणको निरन्तर  प्रयास पछि उक्त बस्तिमा बिजुलि बलेको छ  । कोर्धालिगाड जल   विद्युत पहिले देखि सञ्चालन मा आएपनि वडा नम्बर ६ फडिल्लाका करिब  १०० बढि घरधुरि बिद्युत सेवाबाट बन्चित भएका थिए । बडिमालिका नगरपालिकाका तथा  वडाका जनप्रतिनिधिको एक पाहिलो अहिले सम्म नपरेको स्थानियले बताए छन् ।

सुन्तला , ओखर , कागति , तरकारिको लागि एकदमै उपयुक्त ठाँउ फडिल्लामा सडकको त आसानै मरिसकेको स्थानिय राम बहादुर बडुवालले बताए । दुई हजार बढि कागति सुन्तला र दाते ‌ओखरको बिरुवा  रिपिएको स्थानिय बडुवालले बताएका छन् । २० बढि स्थानिए फडिल्लाबाट दैनिक रुपमा मार्तडिमा दुध ल्याएर आपुर्ति गर्छन दुई तिन घण्टाको लामो हिडाई पछि मार्तडि पुगिन्छ रातिको पैदल यात्रा गर्नु प्रने हुदा ५ जना बढिको भिर बाट खसेर मृत्यू समेत भैसकेको बताईएको छ  । यात्रा गर्दा र्ज्यानै जोमिख खेप्नु परेको स्थानियको दाबि रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर