युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा /जिल्लाको जगन्नाथ गाउँपालिकाकाे दोस्रो गाउँसभा तथा १३ औं अधिवेशनले १८ वटा विधेयक पारीत गरेको छ ।

गाउँसभाले पूर्वाधार, तथ्यांक अभिलेख व्यवस्थापन, न्यायिक समितिमा आएका उजुरीहरु कारबाही किनारा गर्ने, सहकारी संस्थाहरुको संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको बिधेयक २०८० पारीत रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

जाेशीका अनुसार सार्वजनिक नीजि साझेदारी, शिक्षा, प्रशासकीय कार्य नियमित, खानेपानी, सरसफाई तथा स्वच्छता, लघु तथा घरेलु उद्योग दर्ता तथा नियमन, संघ संस्था दर्ता तथा नियमन, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, गाउँ स्वास्थ्य सेवा व्यवस्थापन गर्न बनेको बिधेयक २०८० पारीत गरीएका छन् ।

कर तथा गैरकर राजस्व परिचालन (कार्यविधि), कृषि तथा पशुपन्छी, बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण,स्थानीय वन, केहि स्थानीय ऐन संशोधन गर्न बनेको बिधेयक २०८० पारीत गरेको जाेशीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर