युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण खड्काले आफु माथि सामाजिक सञ्जालमा, विभिन्न सञ्चार माध्यममा लेखिएको कुरा र बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रंग मल बि.क ले लगाएको आरोप तथ्य बिहिन भएको बताएका छन् ।

अध्यक्ष खड्काले भने गएको आर्थिक बर्ष बडिमालिका नगरपालिका वडा नं. ६ मा गरेको नगर स्थरका योजनाहरूको भुक्तानीको लागि कार्य कक्षामा पुगेको र प्रमुख प्रशासकीय अधिकृत बि.क लाई भुक्तानी गरिदिनु पर्यो भन्दा आफुलाई अपशब्द प्रयोग गरेको खड्काले बताएका छन् ।

यो भन्दा अगाडी बि.कले खड्काको नम्बर बल्याक लिस्टमा राखेको समेत बताएका छन् ।

बि.क ले यो भन्दा अगाडि ६ नं. वडा कार्यालयका योजनाहरूको भुक्तानीको लागि नगरपालिकामा पुगेका समितिका अध्यक्ष सचिवलाई भुक्तानी हुदैन भनेर थर्काएको पनि बताएका छन् ।

एउटै कार्यपालिका बाट निर्णय भएका अन्य वडाका भुक्तानी हुने हाम्रो किन नहुने भुक्तानी जसरी भएनि गरिदिनुपर्यो भनेर भन्दा तिमी हरू एमालेका वडा अध्यक्ष भन्दै आफुमाथि अपशब्द बोली बोलेकाे  बताएका छन् ।

६ नम्बर वडाका ५ वटा र वडा नं. ५ को १ योजनाको भुक्तानी अर्काे आर्थीक बर्ष सुरुहुदा सम्म पनि भएकाे छैन् । भुक्तानी दिन बाकी योजना हरू ?

कैलाश मान्डु सिडि निर्माण गरिएको ५ लाख, जडाङ्गा कोर्ध रोडको काम गरेको २ लाख ३० हजार, मना रोड निर्माण गरेको ९ लाख, विरेखोला झरनाको छेउछाउमा झन्डा, बाटो, बस्ने, टिनको छाप्रा निर्माण गरेको २ लाख ९० हजार, र बडिमालिका पर्यटन यात्राको ३ लाख रूपैयाँ भुक्तानी नभएको अध्यक्ष खड्काले बताएका छन् ।

सर्वसाधारणले काम गरेकाे रकम भुक्तानी गरीदिनु पर्याे अरु सबै ठाउँकाे भुक्तानी भैसक्याे हाम्राे व.न.पा ६ र व.न.पा ५ का याेजना हरुकाे किन भएन भनेर साेद्धा तिमीहरु एमालेकाे वडा अध्यक्ष हाे । भन्दै अश्ली शब्दमा गाली गरेकाे बताएका छन् ।

खड्काले भने अहीले सामाजीक सञ्जालमा जे जती कुरा लेखीएकाे छ त्याे सबै तथ्य बिहिन लेखीएकाे बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर