युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा/ जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ ढम्कनेमा पर्ने जिल्लाको रमािणय तथा पर्यटकिय स्थल कालाजग्रामा होमस्टे संञ्चालन गरीने भएको छ । पर्यटकहरुलाई कालाजगा्रको यात्रा सहज,सरल बनाउन होमस्टे संञ्चालन गरीने भएको छ । बडिमालिका नगरपालिकाको ०८०,०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कालाजग्रामा होमस्टे संञ्चालनमा ल्याउने निर्णय गरेको थियो । यतिमात्र होइन कालाजग्रा पोरखे क्षेत्रमा घुम्न आउने जिल्ला बाहिरका पर्यटकहरुलाई बोका उपहार समेत दिइने भएको छ । कालाजग्रा जिल्लाकै एक रमणिय क्षेत्रको रुपमा परिचित हुदै आएको पर्यटकिय स्थल हो करिब ३२०० मिटरको उचाईमा रहेको यस पर्यटकिय स्थलले बडिमालिका नगरपालिकाको शिर उचाईमा पुर्याउन सफल भएको छ । सदरमुकाम मार्तडीबाट चारघण्टाको पैदल यात्रा पछि उक्त पर्यटकिय क्षेत्रमा पुग्न सकिन्छ ।यस्तो पर्यटकिय स्थलमा नगरपािलकाले होमस्टे संञ्चालनमा ल्याउने निर्णय गरेको प्रति बडिमालिका नगरपालिका वडा.नं ७ का वडाबासीहरुले बडिमालिका नगरपालिकालाई धन्यबाद समेत दिएका छन ।

बाजुरा जस्तो बिकट ठाँउ त्यसैमा बडिमालिकाको शिरमै रहेको कालाजग्रामा बिकाशका काम अगाडी बढाउनु गौरवको कुरा हो त्यसैमा उत क्षेत्रमा होमस्टे संञ्चालनमा ल्याउनु नगरकै खुसीको कुरा रहेको स्थानियको भनाई रहेको छ । पर्यटकिय तथा रमणिय स्थल कालाजग्रामा दिनहुँ चार पाँच जनाको टोली आन्तरिक र अन्य बाहिर जिल्लाबाट पर्यटकहरु आउने गर्दछन । कालाजग्रा साँच्चै स्वर्गको टुक्रा जस्तै देखिन्छ कुहिरोको घुम्टोमा सजिएको उक्त क्षेत्रले पर्यटको मन बढी आर्कषित गरेको पाइन्छ यति मात्र नभई बडिमालिका नगरपालिकाले वडाका सबै क्षेत्रमा बिभिन्न बिकाशका कामहरु धमाधम संञ्चालन गने भएको छ । जिल्लाको अर्को अत्यन्तै रमणिय पर्यटकिय स्थल तथा तिर्थस्थल बडिमालिकामा पनि खर्क स्टे संञ्चालनमा ल्याउने भएको छ । त्यस्तै बडिमालिका नगरपालिका ८ मा रहेको रानिवनमा हरित पार्क तथा ध्यानकेन्द्र बनाउन पनि पहल गर्ने भएको छ । यतिमात्र होइन जिल्लामा कोदोको बिस्कुट उत्पादन गर्ने फेक्ट्री समेत संञ्चालनमा ल्याउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर