युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल, बाजुरा / जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं. ६ मा रहेकाे श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा साेमबार कक्षा ९ र १० का बिद्यार्थीलाइ लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार विरुद्ध जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरीएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ ।

साेमबार लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा वडा नं. ६ जडङ्गा स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषध दुरुपयोग तथा ओसार पसार सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा ५० भन्दा बढी बिद्यार्थी हरुकाे सहभागी रहेकाे थियाे । लागु पदार्थ भनेकाे के हाे यसकाे प्रयाेगले आफ्नाे समाजमा कस्ताे असर गर्दछ यसकाे प्रयाेगले मानिषकाे व्यक्तीगत जिवनमा कस्ताे असर गर्छ र यसलाई राेक्न के कस्ताे सचेतना अप्नाउनु पर्छ जस्ता समसामुयीक बिषयमा छलफल गरीएकाे कक्षा १० मा अध्यानरत छात्र जिवन बडुवालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर