युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / गुदुगाड झुलुङ्गे पुल सञ्चालनमा आएको छ । निर्माण कार्य सुरु गरिएको ६ महिना नबित्दै गुदुगाड झुलुङ्गे पुल सञ्चालनमा आएको निर्माण प्राविधिक खडकराज जैशीले बताएका छन् । पुलको निर्माण कार्य गत वर्ष २०७९ को मंसिर १५ बाट सुरु गरिएको थियो ।

२०७८ सालको बाढी पहिरोले बगाएर क्षति पुगेको पुल पुन निर्माण गरिएको हो । २०७९ मंसिर १३ गते सम्झौता गरेर २०८० को जेष्ठ ३१ गते हस्तान्त्रण गरिएको छ । पुलको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत, उपाध्यक्ष विशु नाथले सयुक्त रुपमा रिवन काटेर सञ्चालनको घोषणा गरेका हुन् ।

पुल पीसविन नेपाल र खप्तड छेडेदह गाउँपालिकाको सयुक्त सहकार्य र टिवीएसीको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । ९२ मिटर लामो पुल निर्माण पछि गुदु र खाती गाउँका स्थानीयलाई आवत जावतमा सहज भएको छ । पुल बाढी पहिरोले बगाएपछि बार्जुगाड खोलामा स्थानीयलाई आवत जावतमा निकै कठिन हुने गरेको थियो ।

हिउँदको समयमा खोलामा काठेपुलको निर्माण पछि वारपार सहज भएपनि बर्षादको बेला वारी पारीका स्थानीयले लामो बाटो काटेर डोगडीबाट वारपार गर्नु पर्ने बाध्यता थियो । ५९ लाख २४ हजार १ सय १३ रुपैया लागतमा निर्माण भएको पुलमा १८ सय जनाले रोजगारी पाएका छन् ।

पुल उद्घाटन समारोहमा पालिका अध्यक्ष उपाध्यक्ष सहीत पालिका ४ का वडा अध्यक्ष दलबहादुर रावत, ७ का अध्यक्ष खगेन्द्र रावत, पुल प्राविधिक भीमबहादुर गुयाल सहीत स्थानीय सहभागि थिए । करिब ३ हजार ४० जनाले प्रत्यक्ष लाभ लिएपनि सिंगो खप्तड छेडेदह गाउँपालिकाका स्थानीय लाभान्वीत बनेका छन् ।

पालिका अध्यक्ष दिलबहादुर रावतले छिटो समयमै काम सम्पन्न गरि सेवा सहज पार्न स्थानीय स्तरबाट गरिएको योगदान प्रति धन्यवाद दिएका छन् । उपाध्यक्ष बिसुदेवी नाथले निर्माण कार्यमा सहकार्य गर्ने सबै पक्षलाई धन्यवाद दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर