युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् । संसदमा भारी मतकासाथ विश्वासको मत पाएको भोलि पल्टै प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखा जाने भएका हुन् ।

उनी ११ औं गोरखा महोत्सव उदघाटन गर्न गोरखा जाने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रम खेलकुद मैदान हरमटारीमा हुनेछ ।

प्रधानमन्त्री बनेपछि प्रचण्डको यो उपत्यका बाहिरको तेस्रो भ्रमण हो । उनी यसअघि गृहजिल्ला चितवन र पोखरा गएका थिए । त्यसपछि उनी तेस्रो भ्रमणका रुपमा गोरखा जाँदैछन् ।

उनी गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले मंगलबार विश्वासको मत लिएका हुन् । २७० संसदमध्ये २६८ सांसदको मत प्राप्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर