युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

बाजुराको बडिमालिका नगरपालिका-७  गाैमुल गाउपालिका पुर्वी उत्तरी भेगमा रहेकाे हिमाली गाउँपालीका लगायतकाे ठाउमा घर बिद्यालय भत्किएकाे डिएसपी सुर्य थापाले बताएका छन्  ।

भूकम्पबाट बझाङमा कृषि ज्ञान केन्द्र भत्किएको छ। थप विवरण आउन बाँकी छ। भूकम्पको महसुस सुदूरपश्चिमभरी नै गरिएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराले केहि स्थानमा घर भत्किएको खबर प्राप्त भएको जनाएको छ। तर अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार थप बिवरण आउन बाकी रहेकाे बताएका छन् ।  उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर